Prakash Adhikari March 13, 2023

काठमाडौँ, २९ फागुन। नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेलको शपथग्रहण संगै निवर्तमान राष्ट्रपति हुनुभएकी विद्यादेवी भण्डारीलाई सोही समारोहबाट औपचारिक रुपमा बिदाई भएर छोरीको घर सनुभएको छ ।

बिदाईको क्रममा नेपाली सेनाको एक टुकडीले निवर्तमान राष्ट्रपति भण्डारीलाई सलामी अर्पण गरेको थियो ।
निवर्तमान राष्ट्रपति भण्डारीलाई प्रधानमन्त्री पुष्पकमल दाहालले बिदाइका क्रममा सरकारका तर्फबाट मायाको चिनो प्रदान गर्नुभएको थियो ।

कार्यक्रममा उपराष्ट्रपति नन्दबहादुर पुन, कामु प्रधानन्यायाधीश हरिकृष्ण कार्की लगायतको उपस्थिति रहेको थियो ।

शीतलनिवासबाट बिदाइ गरेसँगै निवर्तमान राष्ट्रपति विद्यादेवी भण्डारी बालुवाटारस्थित आफ्नी छोरी उषाकिरण भण्डारीको घरमा पुग्नुभएको छ ।

बुढानीलकण्ठस्थित घर समयमा तयार नभएपछि उनी केही दिनका लागि छोरीको घरमा बस्न पुग्नुभएको हो ।

घरमा प्रवेश गर्नुअघि भण्डारीले पूजाआजा गर्नुका साथै छोरीको हातबाट सगुन लिनुभो ।
नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेलले पद तथा गोपनीयताको शपथग्रहण गरेसँग भण्डारीले शीतलनिवास छोड्नुभएको हो ।

Share Now

Leave a comment.