काठमाडौं, ३० चैत्र । नेपाल उद्योग वाणिज्य महासंघको बुधबार भएको निर्वाचनमा वस्तुगततर्फको उपाध्यक्षमा हेमराज ढकाल निर्वाचित हुनुभएको छ ।
ढकालउमेशलाल श्रेष्ठको प्यानलबाट वस्तुगत उपाध्यक्षतर्फ उम्मेदवार बन्नुभएको थियो ।
उहाँले ६१ मत पाउनुभएको थियो । सो पदका अन्य उम्मेद्वारमा अन्जन श्रेष्ठको प्यानलका मनिषलाल प्रधानले ५२ र रामचन्द्र संघाई प्यानलका सुकुन्तलाल हिराचन ७ मत पाउनुभएको थियो।
२ मत भने बदर भएको निर्वाचन समितिले जनाएको छ ।


















