काठमाडौं, ३० चैत्र । नेपाल उद्योग वाणिज्य महासंघको एसोसिएट उपाध्यक्षमा ज्योत्स्ना सुब्बा श्रेष्ठ निर्वाचित हुनुभएको छ ।
वरिष्ठ उपाध्यक्षका उम्मेदवार रामचन्द्र संघई समूहबाट उठनुभएकी ज्यौत्स्नाले ८ सय ४६ मत ल्याएर विजयी बन्नुभएको हो ।
उहाँको प्रतिस्पर्धी भरत आचार्यले ७ सय ८१ मत ल्याउनुभयो । आचार्य वरिष्ठ उपाध्यक्षका उम्मेदवारद्धय अन्जन श्रेष्ठ र उमेशलाल श्रेष्ठका साझा उम्मेदवारका रुपमा उठ्नुभएको थियो ।
जिल्ला नगरतर्फको उपाध्यक्षमा पनि वरिष्ठ उपाध्यक्षका उम्मेदवार संघई समूहकै सुरकृष्ण वैद्य निर्वाचित हुनुभएको छ भने वस्तुगततर्फको उपाध्यक्षमा वरिष्ठ उपाध्यक्षका उम्मेदवार उमेशलाल समूहका हेमराज ढकाल निर्वाचित हुनुभएको छ ।
हिजो भएको निर्वाचनमा एसोसिएटतर्फ १ हजार ६ सय ४९ मत खसेको थियो ।


















