Prakash Adhikari September 30, 2024

 

पोखरा(कास्की), १४ असोज । नेशनल लाईफ इन्स्योरेन्स कम्पनी लि.ले गण्डकी प्रदेशका सिईओ क्लब सदस्य बन्न सफल उत्कृष्ट अभिकर्ताहरुलाई सम्मानित गरेको छ ।

पोखराको होटल ल्याण्डमार्क होटलमा सम्पन्न भएको सम्मान कार्यक्रमको सभापतित्व कम्पनीका प्रमुख कार्यकारी अधिकृत सुरेश प्रसाद खत्रीले गर्नुभएको थियो ।

कार्यक्रममा आर्थिक वर्ष २०८०÷८१ मा तोकिएको बीमाशुल्क संकलन गरी गण्डकी प्रदेशबाट योग्य हुनु भएका २ सय २५ जना भन्दाबढि अभिकर्ताहरु, विभागीय प्रमुख, प्रदेश प्रमुख एवं शाखा प्रमुखहरुको सहभागितामा कम्पनीले सिईओ क्लब सदस्य बन्न सफल अभिकर्ताहरुलाई सम्मान कार्यक्रम सम्पन्न गरेको छ ।

सम्मान कार्यक्रममा प्रदेशबाट सिइओ क्लबका सदस्य हुन सफल अभिकर्ताहरुलाई सिइओ क्लब सदस्यता वितरण गरिएको थियो भने सो प्रदेश बाट आफ्नो कोडमा र संजलमा प्रथम द्धित्तिय र तृत्तिय हुन सफल अभिकर्ताहरुलाई विशेष सम्मान तथा पुरस्कृत पनि गरिएको थियो ।

सो अवसरमा प्रमुख कार्यकारी अधिकृत खत्रीले गण्डकी प्रदेशबाट नेशनल रत्न हुन सफल अभिकर्ताहरुलाई पनि नेशनल लाईफ लोगो अंकित चाँदीको मेडल, प्रमाणपत्र प्रदान गर्दै र खादा लगाएर सम्मानित गर्नुभएको थियो ।

समारोहमा प्रमुख कार्यकारी अधिकृत खत्रीले सिईओ क्लब र नेशनल रत्न अन्तर्गत योग्य हुने अभिकर्ताहरुलाई प्रदेश स्तरीय सम्मान कार्यक्रम सम्पन्न गर्दै लाने कम्पनीको योजना अनुरुप मधेश प्रदेश पछि गण्डकी प्रदेशमा सम्मान कार्यक्रम राखिएको र अन्य प्रदेशहरुमा पनि निरन्तर कार्यक्रम गर्दै जाने बारेमा जानकारी गराउनु भयो साथै वहाँले कम्पनीले अभिकर्ता मैत्री योजनाहरु ल्याउने क्रममा सिईओ क्लब सदस्यता योजना ल्याइएको र यसमा नेपालभरबाट २ हजार जना भन्दाबढि अभिकर्ताहरु छनौट हुन सफल भएको पनि बताउनुभयो ।

समारोहमा सिइओ क्लव सदस्य र नेशनल रत्नबाट सम्मानित हुन सफल बिजनेश लिडरहरुले प्रमुख कार्यकारी अधिकृतज्यूबाट सम्मान ग्रहण गर्न पाउँदा आफूले गरेको मेहनतको कदर भएको र अत्यन्तै गर्व लागेको बताउनु भएको थियो ।

कार्यक्रमको समुद्घाटन प्रमुख कार्यकारी अधिकृत सुरेशप्रसाद खत्रीले पानसमा दीप प्रज्वलन गरेर गर्नुभएको थियो ।

Share Now