बीबीसी, १० असोज । उत्तरी इराकको कूर्दिस्तानमा आयोजित जनमत संग्रहको छिमेकी टर्की तथा इरान दुवैले आक्रोशपूर्ण निन्दा गरेका छन्। इरानले उक्त कार्यले सो क्षेत्रमा राजनीतिक अस्तव्यस्तता आउने बताएको छ भने टर्कीले त्यसले पूरै क्षेत्रलाई युद्धतर्फ धकेल्ने बताएको छ।
चेतावनी
इराकको कूर्दिस्तानमा स्वतन्त्रताका लागि सोमबार गरिएको जनमत संग्रह पछि रुष्ट बनेको टर्कीले कडा कदमहरु चाल्न सक्ने संकेत गरेको छ।
ती कदमहरुका कारण इराकी कूर्दहरु भोकै रहन सक्ने अवस्था आउन सक्ने टर्कीका राष्ट्रपतिले भनेका छन्। अन्तर्राष्ट्रिय आलोचना हुँदाहुँदै पनि मतदान प्रकियालाई अघि बढाएको भन्दै टर्कीका राष्ट्रपति रेजेप ताय्यिप एर्दोआनले कुर्दिस्तान प्रान्तीय सरकारका प्रमुखलाई विश्वासघातको आरोप लगाएका छन्। राष्ट्रपति एर्दोआनले सबै सैन्य र आर्थिक विकल्पहरु अघि सारिएको बताएका छन्।
कूर्द जनमतसंग्रह
यसअघि उनले कुर्दिश क्षेत्रको एक मुख्य तेल पाईपलाईन काट्ने र टर्कीको सीमाबाट प्रवेश गर्ने लरीहरुलाई रोक्ने चेतावनी दिएका थिए। देशको सीमानानजिक स्वतन्त्र कुर्दिश राज्यको उदयले टर्कीको आफ्नै सीमाभित्र पृथतकतावादी भावनालाई भड्काउन सक्ने डर टर्कीलाई छ। अल्पसंख्यक कूर्द समुदाय रहेका अर्को छिमेकी देश इरानले पनि जनमत संग्रहप्रति विरोध जनाएको थियो।
वार्ता
यसैबीच जनमतसंग्रहको नतिजा घोषणा गर्न बाँकी छ तर ुहुन्छु को पक्षमा भारी मत गएको ठानिएको छ। त्यस्तो मतपरिणामले स्वतः स्वतन्त्रता प्रदान नगर्ने तर बग्दादस्थित केन्द्रीय सरकार र छिमेकी देशहरुसँग अलग हुनका लागि वार्ताहरु शुरु गर्नका लागि जनमत दिने कूर्दिश नेताहरुले बताएका छन्। तर इराकका प्रधानमन्त्री हैदर अल(अबादीले त्यस्ता वार्ता हुन सक्ने सम्भावना नरहेको बताएका छन्। सोमबार राति गरेको एक सम्बोधनमा उनले जनमतसंग्रह अवैध भएकाले त्यसको परिणामका बारे वार्ताका लागि तयार नभएको बताए। मध्यपूर्वमा कूर्दहरु चौथौ ठूलो जातिगत समुदाय हुन् तर उनीहरुले कहिल्यै एउटा स्थायी राष्ट्रको हैसियत पाएका छैनन्। इराकको कूल जनसंख्याको १५ देखि २० प्रतिशत ओगट्ने कूर्दहरुको त्यहाँ ३ करोड सत्तरी लाख जनसंख्या रहेको छ। सन् १९९१ मा स्वायत्तता पाउनुअघि कुर्दहरुले वर्षौँसम्म उत्पीडनको सामना गरेका थिए।