Prakash Adhikari October 25, 2018

 

सात दोबाटो (ललितपुरे)), ८ कार्तिक। साफ यु–१५ च्याम्पियनसिपमा नेपाली टीमले राम्रो प्रदर्शन थालेको छ । आज भएको आफ्नो पहिलो खेलमा नेपालले माल्दिभ्सलाई ४-० को फराकिलो अन्तरले पराजित गरेको छ ।

एन्फा कम्प्लेक्स सात दोबाटोमा सम्पन्न समूह ए तर्फको पहिलो खेलमा नेपालका जान लिम्बु, नमस थापा मगर, सशांक बोहोरा र दिपे राईले गोल गरेका थिए । यो जितसँगै नेपालले सेमिफाइनल प्रवेश गर्ने सम्भावना पनि बलियो बनाएको छ ।

समूह चरणतर्फ नेपालले आफ्नो अन्तिम खेल आउँदो सोमबार बंगलादेशसँग खेल्नेछ । बंगलादेश विरुद्धको खेलमा नेपाललाई बराबरी पनि सेमिफाइनलमा पुग्न प्रर्याप्त बन्नेछ ।

Share Now

Leave a comment.