Prakash Adhikari October 26, 2018

 

पोखरा(कास्की), ९ कार्तिक । नेपालको सुन्दर र पर्यटकीय नगरी पोखरामा देशकै सर्वाधिक धनराशी पुरस्कार भएको पोखरा प्रिमियर लिग क्रिकेट प्रतियोगिता आज(शुक्रबार) देखि सुरु हुँदैछ। पीपीएलको समुद्घाटन खेलमा घरेल टीम पोखरा पल्टन र विराटनगर टाईटन्सका बीचमा हुँदैछ । उद्घाटन खेल आज ११ बजे शुरु हुँदैछ ।

क्विन्स इभेन्ट्सले आयोजना गर्न लागेको प्रतियोगितामा ६ टीम सहभागी हुँदैछन् । पीपीएलमा सहभागी टीममध्य चितवन राइनोजको मार्की प्लेयर पारस खड्का, बिराटनगर टाईटन्सको मार्की प्लेयर सन्दिप लामिछाने, बुटवल ब्लास्टर्सको मार्की प्लेयर सोमपाल कामी, पोखरा पल्टनको मार्की प्लेयर शरद भेसावकर, धनगढी ब्लुजको मार्की प्लेयर दिपेन्द्र ऐरी र काठमाडौँ रोयल्सको मार्की प्लेयर ज्ञानेन्द्र मल्ल रहेका छन्।

Pokhara Premier League

१२ दिन संचालन हुने पीपीएल प्रतियोगितामा २ दिन ( कार्तिक १३ गते र कार्तिक १९ गते) बाहेक लगातार खेलहरु सञ्चालन हुनेछन् । प्रतियोगिताको विजेता टीमले २७ लाख रुपैयाको नगद पुरस्कार पाउनेछ भने उपविजेता टीमले १० लाख रुपैया पाउनेछ ।

अन्नपूर्ण र माछापुच्छ्रे हिमालको काखमा अवस्थित पोखरा रंगशाला आयोजना हुने पीपीएलको पहिलो खेलपहिलो खेल बिहान ९ बजे शुरु हुनेछ भने दोस्रो खेल दिउँसो १ः १५ बजे हुनेछ । प्रतियोगिता दर्शकहरुले निशुल्क हेर्न सक्नेछन् । प्रतियोगिताको प्रत्यक्ष प्रशारणको जिम्मा हिमालयन टिभीले लिएको छ ।

उद्घाट्नमा शरद्को पल्टन र सन्दीपको टाईटन्सको भीडन्त

पोखरा प्रिमियर लिगको उद्घाटन समारोह पश्चात बिहान ११ बजेबाट सुरुहुने उद्घाटन खेलमा शरद भेशवाकरको नेतृत्वमा रहेको पोखरा पल्टन र सन्दीप लामिछानको नेतृत्वमा रहेको विराटनगर टाईटन्सबीच भीडन्त हुनेछ ।

पोखरा पल्टन
मार्की प्लेयर – शरद भेसावकर

खेलाडी– रोहित पौडेल, बिनोद भण्डारी , ललित राजबंशी , राशिद खान , कृष्ण कार्की , कुशल भुर्तेल , बिक्रम भुसाल ,मेहबुब आलम , आसिफ शेख , दिब्यान्शु मलिक , इशान पाण्डे

बिदेशी खेलाडी : मोहम्मद नबिद (युएई), रबि इन्द्र सिंह (भारत)

लोकल आइकन खेलाडी : दिपेश खत्री, सुमन घिमिरे

विराटनगर टाईटन्स

मार्की प्लेयर – सन्दिप लामिछाने

खेलाडी – दिपेश श्रेष्ठ , शाहब आलम , जितेन्द्र मुखिया , राजेश पुलामी , किशोर महतो , पुष्प थापा , प्रदिप ऐरि , राजु रिजाल , जितेन्द्र सिंह ठकुरी , सुनिल धमला , रबिन जोशी , हिमांशु दत्ता

बिदेशी खेलाडी : एन्टोनी (भारत, तामिल नाडु प्रिमियर लिग)

लोकल आइकन खेलाडी : मिनाश थापा, लब कामत

Share Now

Leave a comment.