Prakash Adhikari December 25, 2018

एमरे अजिजलेर्ली / बीबीसी विश्व सेवा

यूकेमा २१ वर्ष अघि आएदेखि नै क्रिसमसका बेला हरेक वर्षजसो मैले एउटा प्रश्नको सामना गर्नु परेकै छ।

म पनि भन्दिन्छु- टर्की मुस्लिम बहुल देश हो त्यसैले डिसेम्बर २५ अन्य जस्तै एक नियमित दिन हो।

के रे क्रिसमस हुँदैन?

तर टर्कीमा मात्र होइन तपाईँलाई थाहा छ, विश्वका बहुमतले क्रिसमस मनाउँदैनन्।

बर्लिन
क्रिसमसको जगमगाहट रातमा
अनौठो लागेपनि पश्चिमा देशका केही मानिसले क्रिसमस संसारभर मनाइने बिदा हो भन्ठान्छन्।

तर क्रिसमस भनेको त इशाई धर्मका पैगम्बर जिससको जन्मदिन मनाएको पो हो।

यहुदी, हिन्दू अथवा मुस्लिमहरूका पात्रोमा क्रिसमस बिदाका रूपमा हुँदैन।

अर्को शब्दमा भन्ने हो भने मुस्लिम विश्वमा पनि कैयौं परिवारहरू चाड मनाउन वर्षको एकपटक एक ठाउँ जम्मा हुन्छन् तर त्यो क्रिसमसका लागि नभएर इदका लागि जम्मा हुन्छन्।

Virgin Mary as depicted in the Koran by a Muslim artist
कुरानमा उल्लेखित मेरी

फरकपनहरूबारे थाहा पाउनु पर्छ।

तर एक अर्काबीचको सम्बन्ध थाहा पाउनु पो महत्त्वपूर्ण छ।

जिसस तपाईँले भनेको इसा?

यो आश्चर्यजनक छ।

इस्लामले उनको जन्मदिन मनाउँदैन तर जिससको सम्मान गर्छ।

मुस्लिमहरूले इसाई पैगम्बरलाई उनीहरूको विश्वासको एक एकीकृत अंश ठान्छन्।

कुरानले जिससलाई पैगम्बर मोहम्मद अगाडिका दूतका रुपमा सम्मान गर्छ।

वास्तवमा जिसस जसलाई अरेबिकमा इसा भनिन्छ मोहम्मदको भन्दा बढ्तापटक नाम लिइएको छ।

Sleep of the Child Jesus, by Italian artist Giovanni Battista Salvi
मेरीले कुमारी भएरै बच्चा जन्माएको कथा सदियौंदेखि सबै जसो संस्कृतिमा सुनिँदै आएको छ।
वास्तवमा मुस्लिमको पवित्र ग्रन्थमा एकजना महिलाको मात्र नाम लिइएको छ।

मेरी अर्थात मरियम?

अरेबिकमा मरियम भनिने मेरीको नाममा पूरा एक च्याप्टर नै समर्पित गरिएको छ र त्यसमा कुमारी आमाले दिएको जन्मबारे कथा लेखिएको छ।

मेरीले मरुभूमिमा एउटा सुकेको अडिरको रुखको शरण लिएर एक्लै बच्चा जन्माउँछिन्।

तत्काल जादू हुन्छ उनी छेउ पाकेको छोगडा झर्छ र नजिकै खोला बग्न थाल्छ।

एक अविवाहित महिलाले बच्चा जन्माएपछि उनको स्वच्छतामाथि प्रश्न उठ्न थाल्छ।

The Basilica of San Petronio is the main church of Bologna
इटलीको स्यान पेट्रोनियो ब्यासिलिकामा आक्रमणको योजना बनाइएको आशंकामा पाँचजना पक्राउ गरिएको थियो
तर नवजात शिशुले भगवानका दूत सरह कुराकानी गर्न थाल्छन्।

त्यो जादूले उनकी आमालाई राहत हुन्छ।

यो पूर्वाग्रहमाथिको जीतको कथा हो।

मुस्लिमहरूले जिससबारे कुरा गर्दा उनीहरूले “उनलाई शान्ति होस” भन्ने वाचन गर्नुपर्छ जुन उनीहरूले मोहम्मदलाई सम्बोधन गर्दा पनि गर्ने गर्छन्।

र मुस्लिम विश्वास अनुसार न्याय स्थापित गर्ने दिनबारे निर्णय गर्दा को पृथ्वीमा फर्के होलान् अनुमान गर्नुस त।

ती जिसस हुन् र उनको प्रख्याती कुरान भन्दा अन्त पनि पुगेको छ।

सुफी दार्शनिक अल गजलीले उनलाई “आत्माका पैगम्बर भनेका छन्।”

इब्न अरबीले उनको बारेमा “सन्त” भनेका छन्।

मुस्लिम विश्वमा कैयौं केटाहरूको नाम इसा (जिसस) र केटीहरूको नाम मरियम (मेरी) राखिएको छ।

तर तपाईँ इसाई परिवारका छोराको नाम मोहम्मद रहेको कल्पना गर्न सक्नुहुन्छ?

इस्लाममा जिससबारे लेखिएको छ किनभने मुस्लिम धर्म सातौं शताब्दीमा सुरु हुनुभन्दा अगाडि नै मध्य पूर्वमा इसाई धर्म स्थापित भइसकेको थियो।

त्यसैले बाइबलमा मोहम्मदबारे लेखिने त कुरै भएन।

Imam Sami Salem (L) and Imam Mohammed ben Mohammed (R) stand during a mass in Santa Maria church in Rome
जिहादी आक्रमणको भत्सर्ना गर्न मुस्लिम धर्मगुरुहरू क्याथलिक समारोहमा सहभागी भएका थिए।

पछिल्ला शताब्दीमा जिससलाई मुस्लिमहरूले सम्मान गरे पनि चर्चले भने त्यस्तै प्रकारको सम्मान मुस्लिमहरूलाई दिएन भन्न उचित नै हुन्छ।

इटलीको १५ औं शताब्दीको स्यान पेट्रोनियो गिर्जाघरमा मुस्लिम पैगम्बरलाई नर्कमा रहेको देखाइएको छ, जसलाई राक्षसहरूले सताएका छन्।

युरोपभरका चित्रकलामा तिरस्कारको कथा मात्र देखाइएको छ।

नर्कको नवौँ घेरा

इटालेली कलाकार जिओभानी दा मोडेना कवि दाँतेबाट प्रोत्साहित थिए जसले उनको डीभाइन कमेडीमा मोहम्मदलाई नर्कको नवौँ घेरामा सीमित गरिएको छ।

यो पुस्तकले १८ औं शताब्दीका धेरै युरोपेली कलाकारलाई प्रोत्साहन दिएको देखिन्छ किनभने उनीहरूले पनि मोहम्मदलाई नर्कमा दण्ड दिएको दृष्यहरू कोरेका छन्।

अब अंग्रेजी कविता र चित्रकलाका लागि प्रख्यात विलियम ब्लेकको पानी चित्रबारे कुरा गरौं।

बेल्जियमको एउटा गिर्जाघरमा १७ औं शताब्दीमा बनाइएको एउटा पानी चित्रमा मुस्लिम पैगम्बरलाई देवदूतले पाइतालामुनी राखेको देखाइएको छ।

अवश्यपनि यो गिर्जाघरको अहिलेको धारणा होइन।

समय व्यतित भइसकेको छ तर हाम्रो युगमा नयाँ तनावहरू, पूर्वाग्रह र चरम हिंसा छ।

अरू धर्मावलम्बीसँग वार्ता

मुस्लिम लडाकुहरूले बोलोना गिर्जाघरलाई ध्वस्त पार्न खोजेको आशंका गरिएको छ।

त्यस यता युरोपमा र कैयौँ मुस्लिम देशहरूमा इस्लामका नाममा भएका मुख्य आक्रमणहरूमा आम संहार भएको छ, जसले विभिन्न समुदायबीच दरार बढाएको छ।

इसाई र मुस्लिमहरूले समान रुपमा मुस्लिम जिससबारे थाहा पाउन र त्यसको महत्त्व बुझ्न सायद अहिले झन् महत्त्वपूर्ण भएको छ।

शायद धर्महरूबीच के समानता छन् भन्नेबारे केन्द्रित हुने हो भने बढ्दो विभाजन कम हुँदै जाने थियो कि।

Share Now

Leave a comment.