Prakash Adhikari February 18, 2019

धनगढी(कैलाली), ५ फागुन । धनगढी प्रिमियर लिग अन्तर्गत छैठौं दिनको दोश्रो खेलमा रुपन्देही च्यालेन्जर्सले दयनीय प्रदर्शन गरेको छ ।

टस जितेर पहिले ब्याटिंग गरेको काठमाडौंले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १ सय ३३ रनको योगफल तयार पारेर रुपन्देहीसामु १३४ रनको लक्ष्य प्रस्तुत गरेको थियो । तर निर्धारित २० ओभरको खेलमा १५.१ ओभरमा सबै विकेट गुमाउदै रुपन्देहीले जम्मा ३३ रन जोड्यो र नतिजामा काठमाडौं गोल्डेन्सले रुपन्देही च्यालेन्जर्सलाई १०० रनको फराकिलो अन्तरले पराजित गर्यो।

यसलाई डीपीएलको तीन बर्षे इतिहासकै सबै भन्दा फराकिलो जित मानिएको छ । यसअघि काठमाण्डौ गोल्डेन्सले रुपन्देहीलाईनै प्रतियोगिताको पहिलो संस्करण २०१७ मा ९२ रनले पराजित गरेको थियो।

त्यस्तै रुपन्देहीले बनाएको ३३ रनको योगफल डिपिएल इतिहासमै सबैभन्दा कम हो। यसअघि सन् २०१८ को डिपिएलमा सिवाइसी अत्तरिया बिरुद्द रुपन्देहीले पहिले ब्याटिंग गर्दै १५.२ ओभरमा ६१ रनमा सबै विकेट गुमाएको थियो जुन सबैभन्दा कम योगफल थियो।

Dhangadi Premier League

TEAM M W L T P NRR
GOLD 4 3 0 0 7 1.819
CYCA 3 2 1 0 4 0.899
RC 4 2 2 0 4 -1.313
MU 5 1 2 0 4 -0.128
KINGS 4 1 1 0 4 -0.437
DS 4 0 3 0 1 -0.465

जित पछि काठमाडौँ गोल्डेनस ४ खेलमा ३ जित र १ बराबरी अंक सहित कुल ७ अंक बटुली शिर्ष स्थानमा रहेको छ। रुपन्देही भने ४ खेलमा २।२ जितरहार पछि ४ अंकका साथ तेश्रो स्थानमा रहेको छ। दोश्रो स्थानमा ३ खेलमा २ जित र १ हार सहित ४ अंकका साथ रहेको छ। चौथो स्थानमा रहेको महेन्द्रनगरको ४ अंक रहंदा १ जित, २ हार र २ बराबरी अंक रहेकोछ। ४ खेलमा १ जित, १ हार र २ बराबरी अंक बटुलेको बिराटनगर ४ अंक सहित पाँचौ स्थानमा रहेको छ भने धनगढी स्टार्सले ४ खेलमा ३ खेलमा हार र १ बराबरी अंक बटुल्दै १ अंकको साथ अन्तिम स्थानमा रहेको छ। स्टार्सको प्लेअफ पुग्ने सम्भावना सकीसकेको छ।

फाप्ला मैदानमा सम्पन्न खेलमा काठमाण्डौले दिएको १३४ रनको लक्ष्य पछ्याएको रुपन्देहीले १५.१ ओभर खेलेर मात्र ३३ रनमा समेटियो।

रुपन्देहीको लागि सर्बाधिक धेरै रन (७ रन) अतिरिक्तको रुपमा पायो। उसको लागि सुमित महर्जनले ५ रन, प्रदिप ऐरीले ४ रन बनाउँदा ४ खेलाडीले समान ३ रन बनाए।

रुपन्देहीलाई सस्तैमा समेट्न काठमाडौंका नन्दन यादवले ३ विकेट सूर्य तामांग र ललित राजबंशीले समान २।२ विकेट लिए। अंकित दबास र योगेन्द्र कार्कीले १।१ विकेट लिए।

यसअघि टस जितेर पहिले ब्याटिंग गरेको काठमाडौंले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १ सय ३३ रनको योगफल तयार पार्यो। उसका गौरव तोमर मात्र ८ रनको व्यक्तिगत स्कोरमा आउट भएका थिए।

दोश्रो विकेटको लागि अनिल शाह र ज्ञानेन्द्र मल्लले ३३ रनको साझेदारी गरे। मल्ल १२ रन र अनिल २३ रनमा आउट भए।

चौथो विकेटको लागि अंकित दबास र मेहबुब आलमले ३३ रनको साझेदारी गरे। आलम अनिल खरेलको दोश्रो विकेटको रुपमा ११ रन बनाएर आउट भए।

दबासले पाचौं विकेटको रुपमा आउट हुनुअघि योगेन्द्र कार्कीसँग २९ रनको साझेदारी गर्दै स्कोर १०० माथि पुर्याए। दबास ४३ रन , बिक्रम भुसाल शुन्य रन तथा योगेन्द्र कार्की १३ रनमा पेभेलियन फर्किए।

अन्त्यमा रशिद खानले ५ बलमा २ चौका र १ छक्का प्रहार गर्दै टिमको स्कोरलाईअगाडि बडाए। नन्दन यादवले अन्तिम बलको सामना गर्दा शून्य रनमा अविजित रहे।

बलिंगतर्फ रुपन्देहीको लागि युवा देब्रेहाते स्पिनर अनिल खरेलले किफायती बलिंग गर्दै ४ ओभरमा १९ रन खर्चिए। उक्त क्रममा उनले १ मेडन समेत राख्दै अनिल शाह र मेहबुब आलमलाई पेभेलियन फर्काए। त्यस्तै बिक्रम सोब ४ र पुनित मेहरा  ले समान २र२ विकेट लिँदा १ विकेट ललित भण्डारीको नाममा रह्यो।

प्रतियोगिता अन्तर्गत सोमबार बिहान ९ बजे धनगढी स्टार्स र रुपन्देही च्यालेन्जर्स बीच खेल हुनेछ भने दिउसो १ बजे सीवाईसी अत्तरिया र बिराटनगर किंग्स बीच प्रतिस्पर्धा हुनेछ।

Share Now

Leave a comment.