Prakash Adhikari February 21, 2019

 

बैंकक(थाईल्याण्ड), ९ फागुन । थाईल्याण्डमा भैरहेकोे आईसीसी महिला टि २० विश्वकप एसिया क्षेत्र छनौट प्रतियोगिता अन्तर्गतको दोस्रो खेलमा नेपाललाई आयोजक थाईल्याण्डले ५७ रनले पराजित गरेको छ ।

एशियन इन्स्टिच्यूट अफ टेक्नोलोजी(एआईटी)मैदानमा भएको खेलमा टस जितेर ब्याटिड. गरेको थाईल्याण्डले निर्धारित २० ओभरको खेलमा ७ विकेट गुमाएर १२४ रनको योगफल तयार पारेको थियो ।

१ सय २५ रनको लक्ष्य पाएको नेपालले निर्धारित २० ओभरको खेलमा ८ विकेट गुमाउदै ६७ रनमात्र जोड्न सक्यो ।

नेपालका ओपनर काजल श्रेष्ठ र रोमा थापा मात्र एक एक रनमा आउट भए । नेपालले ८ रनमा तेस्रो विकेट गुमायो । कप्तान रुवीना क्षेत्री तीन रनमा पेभेलियन फर्किइन ।

चौथो विकेटका लागि इन्दु बर्मा र सरिता रानामगरले ४६ रनको साझेदारी गर्दै टिमको पारी खेले । इन्दु २९ र सिता १८ रनमा आउट भएपछि नेपालले ५६ रनमा ५ विकेट गुमायो ।

त्यसको लगत्तै नेरी थापा पनि मात्र दुई रनमा आउट हुँदा नेपालको पारी संकटमा पर्यो । त्यसपछि नेपालका कुनैपनि खेलाडी धेरै बेर क्रिजमा टिक्न सकेनन् ।

आजको खेलमा टस जितेर राम्रो सुरुआत गरेको थाईल्याण्डको लागि पहिलो विकेटको रुपमा नाट्टाकन चान्तम र नरुईमोल चाईवाईले ३७ रनको साझेदारी गरे। चाईवाई ३२ रन बनाएर करुणा भण्डारीको बलमा बोल्ड भएपछि चान्तमलाई पनि नेरी थापाले ५ रन बनाउदा स्टम्प आउट गरेपछि थाईल्याण्ड ४० । २ को स्थितिमा पुगेको थियो।

तेश्रो विकेटको लागि नट्टाया बुचाथम र चनिदा सुत्थीरुआंगले २३ रनको साझेदारी गरे। बुचाथमलाई १२ रनमा नेरीले क्याच आउट गराईन्। चौथो विकेटको लागि सुत्थीरुआंगले वोंगपाका लिंगप्रासर्टसंग ३२ रनको सहेदारी गरिन्।

कविता कुँवरले १७ औं ओभरमा सुत्थीरुआंगलाई क्याच आउट गराउदा थाईल्याण्डले चौथो विकेट गुमाउन पुगेको थियो।

त्यसपछि नेपालले लगातार अन्तरालमा विकेट गुमाएपनि लिंगप्रासर्टले एउटा किनार सम्हालीरहिन र अविजित २८ रन योगदान दिईन्। २७ बलमा उनले १ चौका प्रहार गरिन्।

नेपालको बलिंगमा कविता कुँवर र नेरी थापाले समान २ । २ विकेट लिए। कप्तान रुबिना क्षेत्री र करुना भण्डारीले १। १ विकेट लिए ।

प्रतियोगिता अन्तर्गत नेपालले भोलि फेब्रुअरी २२ मा युएई, फेब्रुअरी २४ मा हंगकंग, फेब्रुअरी २५ मा चिन र फेब्रुअरी २७ मा कुवेतसंग खेल्ने कार्यक्रम रहेको छ।

ICC Women’s T20 World Cup Asia Region Qualifier

TEAM M W L PT NRR
UAE-W 3 3 0 6 3.217
THI-W 2 2 0 4 2.177
CHN-W 2 1 1 2 -0.072
NEP-W 2 1 1 2 -0.575
MAL-W 3 1 2 2 -0.95
HKG-W 2 0 2 0 -0.57
KUW-W 2 0 2 0 -3.725

राउण्ड रोबिन फर्म्याटमा आयोजना हुने प्रतियोगिताको विजेता टिमले आईसीसी टि(२० बिश्व कप छनौट प्रतियोगिता २०१९ र आईसीसी महिला बिश्व कप २०२० ( एकदिवसीय ) छनौट प्रतियोगिता खेल्न छनौट हुनेछ।

यो प्रतियोगिताको शिर्ष स्थानमा रहने टिमले मात्र विश्वकप छनोटको अन्तिम चरणमा प्रवेश गर्नेछ ।

कुवेत, हंगकंग,मलेसिया,चीन,थाईल्याण्ड,नेपाल र यूएई गरी ७ टीम सहभागी खेलमा नेपालले अझै ४ खेल खेल्न बाँकी नै छ । त्यसैले आशा मारिहाल्ने अवस्था छैन् ।

Share Now

Leave a comment.