Prakash Adhikari March 24, 2019

चेन्नई(भारत), ९ चैत्र । भारतको चर्चित घरेलु क्रिकेट लिग मानिएको इण्डियन प्रिमियर लिग (आईपीएल) को बाह्रौं संस्करणको समुद्घाटन खेलमा साबिक बिजेता चेन्नई सुपर किंग्सले रोयल च्यालेन्जर्स बेंगलोरलाई ७ विकेटले पराजित गरेको छ।

चेन्नईको एम ए चिदम्बरम् रंगशालामा भएको खेलमा टस हारेर ब्याटिड.को निम्तो पाएको बेंगलोरले निर्धारित २० ओभरको खेलमा जम्मा ७० रन जोड्दै चेन्नईलाई ७१रनको सामान्य लक्ष्य दिएको थियो ।

चेन्नईले १७.४ ओभरमा ३ विकेट गुमाएर ७१ रनको लक्ष्य पूरा गर्दै ७ विकेटले जित हासिल गर्यो ।चेन्नईको जितमा अम्बाती रायडुले २८ रन तथा सुरेश रैनाले १९ रनको योगदान गरे।

बेंगलोरका युज्भेन्द्र चहल, मोइन अलि र मोहम्मद सिराजले समान एक एक विकेट हात पारे।

स्लो र स्पिनर मैत्री रहेको पिचमा दुवै टोलीले खुलेर ब्याटिंग गर्न सकेका थिएनन्। बेंगलोर मात्र ७० रनमा समेटिदा चेन्नईले समेत ७१ रन जोड्न १८ ओभर ब्याटिंग गर्नु पर्यो।

बंैगलोरका तर्फबाट पार्थिव पटेलले २९ रन जोड्न बाहेक अन्य ब्याट्सम्यानको प्रदर्शन संझन लायक रहेन।

चेन्नईको स्पिनिङ्ग पिचमा १६ रनमा पहिलो विकेट गुमाएको बेंगलोरले त्यस पश्चात लगातर विकेट गुमाउंदा साझेदारी जोड्न विफल रह्यो। बेंगलोरका १० ब्याट्सम्यानले दोहोरो अंकमा रन जोड्न सकेनन्।

टोलीमा रहेका ठूला नामहरु बिराट कोहली ६ रन, एबी डी भिलियर्स ९ रन, कोलिन डि ग्राण्डहोम् ४ रनमा समेटिए भने शिम्रोन हेट्माएर खाता नखोली पभेलियन फर्किंदा बेंगलोर खराब अवस्थामा पुगेको थियो।

बेंगलोरको इनिंगलाई सस्तैमा समेट्न चेन्नईका बलरहरु इम्रान ताहिर र हरभजन सिंहले समेत समान ३ विकेट लिए भने रबिन्द्र जडेजाको नाममा २ र ड्वेन ब्राभोको नाममा १ विकेट रह्यो।

हरभजन सिंह प्लेअर अफ द म्याच बने ।

आइपीएलको उद्घाटनमा हुने रकम समाजसेवामा लगायो बीसीसीआईले

यस बर्ष भारतीय क्रिकेट बोर्डले आईपीएलको उद्घाटन कार्यक्रम भव्य रुपमा गरेन् । बोर्डले यसमा लाग्ने रकम पुलवामामा आतंकारीको हमलामा परेर जीवन गुमाउने सुरक्षाकर्मीको परिवारलाई सहयोग गर्ने निर्णय गरेको थियो ।

जसमा उसले भारतीय आर्मीलाई ११ करोड र केन्द्रिय रिजर्भ पुलिसलाई ७ करोड दिएको छ । यस्तै भारतीय नेभी र एयरफोर्सलाई एक एक करोड रुपैयाँ सहयोग गरेको छ ।

Share Now

Leave a comment.