Prakash Adhikari March 26, 2019

 

काठमाडौं,१२ चैत्र । नेपाली काँग्रेसका पूर्व महामन्त्री कृष्णप्रसाद सिटौला अस्पतालबाट डिस्चार्ज हुनुभएको छ ।

गत शुक्रबार अकस्मात बिरामी भएपछि मण्डिखाटारस्थित ह्याम्स अस्पतालमा भर्ना भएर उपचार गराउनुभएका सिटौलालाई मंगलबार बिहान डिस्चार्ज गरिएको हो ।

उहाँको शरीरमा हेमोग्लोविनको मात्रा कम भएको र रक्तचाप समेत न्यून देखिए पछि उहाँलाई अस्पतालको आइसीयुमै राखेर उपचार गरिएको थियो ।

अस्पतालबाट बिदा हुँदै सिटौलाले उपचारमा संलग्न चिकित्सक, स्वास्थ्यकर्मी, शुभेच्छुक तथा शुभचिन्तकलाई सबैलाई धन्यवाद दिनुभएको छ ।

Share Now

Leave a comment.