काठमाडौं, १२ चैत्र । सरकारले कटौती गरेको सेवा सुविधा पाउनु पर्ने मागसहित सहरी विकास मन्त्रालय घेराउ गर्न सिंहदरबारको दक्षिणी गेट पुगेका इन्जिनियरहरूमाथि प्रहरीले लाठी चार्ज गरेको छ।
भूकम्प प्रभावित क्षेत्रमा पुनर्निर्माणमा खटिएका इञ्जिनियरहरुले उनीहरुले विगतमा पाएको सुविधा खोसिएको भन्दै सोको प्राप्तिको लागि सिंहदरबारको सहरी विकास मन्त्रालय घेराउ गर्न खोजेपछि प्रहरीले लाठी चार्ज गरेको हो।
प्रहरीको लाठी चार्जबाट आधा दर्जन बढी इन्जिनियरहरू घाइते भएका छन।
ँशान्तिपूर्ण आन्दोलनमाथि प्रहरीले लाठी चार्ज गरेकोमा इन्जिनियरहरूले आपत्ति जनाएका छन।
पुनर्निर्माणमा खटिएका इन्जिनियरहरूले सेवा, सुविधा वापतको रकम कटौती गर्ने सरकारको निर्णय फिर्ता गराउन एक साता यता पुनर्निर्माणमा खटिएको क्षेत्र छोडेर राजधानीको आन्दोलनमा केन्द्रित भइरहेका छन।
पुनर्निर्माणमा खटिएका इन्जिनियरहरूको स्वास्थ्य बीमा र दुर्घटना बीमाको पनि व्यवस्था गर्न सरकारसँग माग गरेका छन।
शान्तिपूर्ण आन्दोलनमा प्रहरी प्रयोग गरेर लाठी चार्ज गरिएको भन्दै इन्जिनियरहरुका विभिन्न संगठनहरुले प्रशासनिक ज्यादतिको घोर निन्दा र भत्र्सना गरेका छन् ।


















