काठमाडौं, ७ चैत्र ।सरकारले चैत्र महिनाभरका लागि २५ जनाभन्दा बढी भेला हुने सभा,सम्मेलन,बैठक, गोष्ठि, पार्टी आयोजना गर्न रोक लगाएसंगै चैत्र महिनाका लागि निर्धारित भएका बैंक तथा वित्तीय संस्थासहित २५ जनाभन्दा बढी साधारण सदस्य उपस्थित हुनुपर्ने कम्पनीका साधारणसभाहरु प्रभावित भएका छन् ।
सरकारको निर्णयको पहिलो अपि पावर लिमिटेडलाई परेको छ । कम्पनीले आज चैत ७ गते बबरमहलस्थित कार्की ब्यांक्वेटमा गर्ने तय भएको १६औं साधारणसभा कोरोनाको त्रासका कारण स्थगित गरिसकेको छ।

कम्पनीले यो साधारणसभाबाट कम्पनीका संचालक समितिका सदस्यहरुको निर्वाचन गराउनका लागि निर्वाचन अधिकृत नियुक्त गर्ने, निर्वाचन कार्यक्रम प्रकाशित गर्ने र निर्वाचन कार्यक्रम बमोजिम उम्मेदवारहरुको अन्तिम नामावली समेत प्रकाशन गर्नै काम सम्पन्न गरिसको थियो ।
कम्पनीले निर्वाचन कमिटिको तर्फबाट भएका निर्वाचनसम्बन्धी सम्पूर्ण काम कारवाहीहरुलाई यथावत् कायम राखी बांकी निर्वाचनका काम कारवाहीहरु साधारणसभाबाट गर्ने गरि अर्को सूचना प्रकाशित नभए सम्मका लागि कम्पनीको १६औं वार्षिक साधारण सभा स्थगित गरिएको सूचना जारी गरिसकेको छ ।
कम्पनीको वार्षिक साधारण सभाका अन्य छलफलका विषयहरु यथावत् नै रहने र साधारण सभा प्रयोजन एवं हकप्रद शेयर निष्काशनको लागि खाताबन्दी २०७६।१२।०१ देखि २०७६र।१२।०६ गते सम्म नै कायम राखेको कम्पनीले जनाएको छ ।
सेञ्चुरीको साधारणसभा पनि स्थगित
सेञ्चुरी कमर्सियल बैंकले पनि चैत १४ गते निर्धारण गरेको साधारणसभा स्थगित भएको जनाएको छ ।

चैत ६ गते बसेको बैंकको सञ्चालक समितिको बैठकले सरकारले कोरोना भाइरस नियन्त्रण तथा रोकथामको लागि अपनाएको सतर्कताका निर्देशनहरुको पालना गर्दै निर्धारित मितिको साधारणसभा स्थगित गर्ने निर्णय गरेको हो ।
सरकारले एक ठाँउमा २५ जना भन्दा बढी मान्छे भेला नहुनु भन्ने निर्देशन दिएको हुँदा सरकारको सोही निर्णयलाई मान्दै अर्को सूचना जारी नभएसम्मको लागि साधारणसभा स्थगित गरिएको कम्पनीले जनाएको छ ।


















