Prakash Adhikari March 20, 2020

काठमाडौं, ७ चैत्र । कोरोना भाइरसको संक्रमणबाट न्यायको लागि अदालतको ढोकामा आउने सेवाग्राही,प्रतिरक्षी वकिल, न्यायमूर्ति र न्यायप्रशासनका कर्मचारीहरुलाई जोगाउन मुलुभरका अदालत तथा न्यायाधीकरणबाट दिइने अत्यावश्यक बाहेकका सेवा २ साताका लागि बन्द हुने भएका छन्।

सर्वोच्च अदालतमा शुक्रबार बसेको फूलकोर्ट बैठकले बन्दीप्रत्यक्षीकरणका मुद्दामा सुनुवाई गर्ने र पक्राउ अनुमति दिने जस्ता कामकारबाही बाहेक अन्य सेवा बन्द गर्ने निर्णय गरेको हो ।

कोरोनाले विश्वब्यापी महामारीको रुप लिंदै गएपछि केहीदिन अघि नेपाल बार एशोसिएशनले अत्यावश्यकबाहेक अन्य सेवा बन्द गर्न सर्वोच्चलाई सुझाव दिएको थियो।

छिमेकी देश भारतमा पनि कोरोना फैलदै गएपछि प्रधानन्यायाधीश चोलेन्द्र राणाले आकस्मिक फूलकोर्ट बैठक डाक्नुभएको थियो।

फुलकोर्टको बैठकको कारण शुक्रबार सर्वोच्च अदालतमा मुद्दा समेत नहेरिने सूचना बिहिबार नै जानकारी गराइएको थियो ।

Share Now

Leave a comment.