Prakash Adhikari April 27, 2020

बाग्लुड., १५ बैशाख । कोरोनाभाइरसको संक्रमणबाट जोगिनका लागि सरकारले लगाएको लकडाउनका कारण दैनिक ज्याला मजदुरी गरेर जीविकोपार्जन गर्ने विपन्न परिवारलाई बाग्लुड.का कांग्रेस नेता जितबहादुर शेरचनले घरघर पुगेर राहत बाड्नु भएको छ ।

गत मंसिर महिनामा सम्पन्न उप निर्वाचनमा नेपाली कांग्रेसको तर्फबाट बाग्लुङ क्षेत्र न २ (ख)मा प्रदेशसभाका उम्मेदवार बन्नुभएका जितबहादुर शेरचनले सो निर्वाचन क्षेत्रमा झण्डै १० लाख रुपैया बराबरको राहत बितरण गर्नुभएको छ ।

कांग्रेस नेता जितबहादुर शेरचनले बाग्लुङ २(ख) का ढोरपाटन नगरपालिका , तमानखोला गाउँँपालिका र निसिखोला गाउपालिकामा बिना राजनीति पूर्वाग्रह आवश्यता परेका परिवारलाई परिवारलाई चामल, तेल, नुन ,साबुन लगायतका राहत सामाग्री स्थानीय घर घरमा गएर बितरण गर्नु भएको छ भने बाग्लुङ क्षेत्र न २ (क) का सम्पूर्ण स्वास्थ केन्द्रहरुलार्इ पि.पि.इ. लगायत अत्यावश्यक स्वास्थ सामग्री प्रदान गर्नुभएको छ ।

उहाँले हालसम्म १२० क्विन्टल चामल , ६०० लिटर खाने तेल ,६०० किलोग्राम नुन , ६०० थान साबुन वितरण गर्नुभएको छ ।

त्यस्तै स्थानीय अस्पतालहरुलाई पी पी र्इ. ४० थान, माक्स ५०० थान, पन्जा ५०० थान, हेड सेट ५०० थान, सेनिटाइजर २५० थान , साबुन १०० थान सहयोग प्रदान गर्नुभएको छ । उहाँले झन्डै १० लाख बराबरको सामग्री वितरण गर्नुभएको छ।

आफूलाई बाग्लुङबासीहरुको हरेक दुख सुखको साथी मान्नुहुने शेरचनले संकटको बेला जनताको सेवामा चुनावको हारजितले फरक नपार्ने बताउदै जनताको साथमा रहदा सन्तोष मिल्ने बताउनु हुन्छ । सन्देश दिनु भएको छ ।

उहाँले राहत बितरणमा प्रभु ग्रुप, सुमेघ ट्राभल ,आर डी. ओभरसिज, एलिस रेस्टुरेन्टको सहयोग र पूर्वमहाधिवेशन प्रतिनिधि अर्जुन शेरचन , कांग्रेस बाग्लुङ २ ख सभापति नरजङ्ग घर्ती ,ऋषिराम कडेल , गण्डकी थापा अधिकारी लगायत स्थानीय कांग्रेसजनहरुको सक्रिय सहभागिता रहेको छ ।

Share Now

Leave a comment.