Prakash Adhikari February 6, 2018

काठमाडौं, २३ माघ ।कृषि अर्थविद् नरेश शर्मा जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्टसंघीय महासन्धी (युएनएफसीसीसी) अन्तर्गतको अति कम विकसित देशका विज्ञहरूको समूह (एलइजी) को अध्यक्षतामा निर्वाचित भएका छन् । सन् २०१८ देखि २०१९ सम्मको दुई वर्षका लागि शर्मा नेपालकातर्फबाट अध्यक्षमा निर्वाचित भएका हुन् ।

अफ्रिकाको सान टोम एण्ड प्रिन्सिपमा सोमबार सम्पन्न समूहको बैठकले शर्मालाई निर्वाचित गरेको हो । समूहका विज्ञहरूको यो ३३औं बैठक हो । बैठकले उपाध्यक्षमा आद्रितो सान्तना निर्वाचित भएका छन् ।

यो समूहले जलवायु परिवर्तनसम्बन्धी विभिन्न छलफल र निर्णयमा अति कम विकसित देशकातर्फबाट महत्वपूर्ण योगदान गर्छ ।

Share Now

Leave a comment.