विण्डहोक(नामिबिया), २६ माघ । आइसिसी विश्व क्रिकेट लिग डिभिजन २ अन्तर्गत दोस्रो खेलमा नेपाल ओमानसँग पराजित भएको छ।
ओमानले नेपाललाई ६ विकेटले पराजित गरेको हो।
नेपालले दिएको १३९ रनको लक्ष्य ओमानले ८९ बल बाँकी छदै ४ विकेटको क्षतिमा भेट्टायो।
ओमानका लागि अकिब इलियासलले सर्वाधिक ४६ रन बनाए। त्यस्तै भीएस वाटेगावन्करले नटआउट ३७ रन जोडे। जितेन्दर सिंहले २४ रन जोडेका थिए। सुलतान अहमेदले नटआउट १६ रन जोड्दा कवर अलिले ११ रन जोडे।
नेपालका लागि सन्दीप लामिटछानेले २ तथा वसन्त रेग्मी र सोमपाल कामीले १र१ विकेट लिए। नेपाल ४६ ओभरमा १३८ रन बनाएर अल आउट भएको थियो।
नेपालका लागि शरद भेवाकरले सर्वाधिक २२ रन जोडेका थिए। दीपेन्द्र ऐरीले २० रन जोडे भने सोमपाल कामीले नटआउट १७ रन बनाए। सन्दीप लामिछाने शून्य रनमा आउट भए भने करन केसी ४ रन बनाउँदा रन आउट भए। शरद पौडेल १४ रन बनाएर आउट भए।
नामिबियाविरुद्धको पहिलो खेलमा उत्कृष्ट ब्याटिङ गरेर नेपाललाई जिताएका वसन्त रेग्मी १ रनमा आउट भए। कप्तान पारस खड्का १७ रन बनाएर आउट भएका थिए। ओपनर दीलिप नाथ १९ रन बनाएर आउट हुँदा अर्का ओपनर उपकप्तान ज्ञानेन्द्र मल्ल ७ रन बनाएर आउट भए।
ओमानका लागि खलिमुल्लाहले ४ विकेट लिए। उनले १० ओभरमा २८ रन खर्चेका थिए। बिलाल खानले २ विकेट झार्दा खबर अलि, फियाज भट र जेए ओडेराले १र१ विकेट लिए।