Prakash Adhikari February 9, 2018

काठमाडौं, २६ माघ ।राष्ट्रियसभामा मनोनित हुने ३ जनाको नाम राष्ट्रपतिसमक्ष सिफारिस गर्ने जिम्मेवारी मान्त्रिपरिषद्ले प्रधानमन्त्री शेरबहादुर देउवालाई दिएको छ।

प्रधानमन्त्री निवास बालुवाटारमा शुक्रबार बसेको मन्त्रिपरिषद्को बैठकले राष्ट्रियसभामा मनोनयनको लागि ३ जनाको नाम राष्ट्रपतिसमक्ष सिफारिस गर्ने जिम्मेवारी प्रधानमन्त्री देउवालाई दिएको सूचना तथा सञ्चारमन्त्री एंव सरकारका प्रवक्ता मोहनबहादुर बस्नेतले जानकारी दिए।

उनका अनुसार प्रधानमन्त्रीले शनिबार आवश्यक सल्लाह गरी राष्ट्रियसभाका लागि ३ जनाको नाम शिफारीस गर्नेछन् ।

Share Now

Leave a comment.