Prakash Adhikari February 10, 2018

म्याड्रिड(स्पेन), २७ माघ । स्पेनका पदाधिकारी नेपालमा स्पेनको राजदूतावास खोल्न सकारात्मक देखिएका छन् ।

नेपाली राजदूत भरतबहादुर रायमाझीसँगको छलफलमा स्पेनको विदेश मन्त्रालयका पदाधिकारी सकारात्मक देखिएका हुन । स्पेनको पररास्ट्र मन्त्रालयको एसिया, उत्तर अमेरिका तथा प्यासिफिक क्षेत्र हेर्ने महानिर्देशक फिडेल सेन्दागोर्ताले नेपाली राजदूत रायमाझीसँगको भेटघाट नेपाल पहिलो प्राथमिकतामा रहेकोब बताएका हुन् ।

एनआरएन युरोपका उपसयोजक तथा नेपाल टुरिजम बोर्डका स्पेन प्रतिनिधि एकराज गिरीका अनुसार महानिर्देशक सेन्दागोर्ताले आर्थिक मन्दीका कारण नयाँ राजदुतावास खोल्ने कार्य रोकिएको र नयाँ राजदूतावास खोल्ने निर्णय हुँदा नेपाललाई पहिलो प्राथमिकतामा राखिने बताएका थिए ।

Share Now

Leave a comment.