कोलम्बो(श्रीलंका), १९ आषाढ । नेपालका क्रिकेट खेलाडी सन्दीप लामिछाने र अमेरिकाका अलि खानले पनि दोस्रो संस्करणको लंका प्रिमियर लिग २०२१ मा सहभागिताको लागि नाम दर्ता गर्नुभएको जारस्पोर्टस्ले जनाएको छ ।
सो समाचारमा जनाइए अनुसार लंका प्रिमियर लिगको पहिलो संस्करणमा सहभागिता जनाएका अफगानिस्तानका मोहम्मद शाहजाद,नजिबुल्लाह जर्दान, रहमानुल्ला गुर्बाज, हजरतुल्लाह जिजाइ,नवीन उलहक र क्वाइस अहमद पनि खेलमा सहभागी हुन पाउनेमा विश्वस्त हुनुभएको छ ।
३० जुलाईदेखि २२ अगष्टसम्म हुने लंका प्रिमियर लिगमा ११ देशका खेलाडीहरुले सहभागी बन्न नामांकन गराएका छन् ।
लंका प्रिमियर लिगको पहिलो संस्करण जाफ्ना स्टालियन्सले जितेको थियो ।
लंका प्रिमियर लिगको पहिलो संस्करणमा कोलम्बो किंग्स्, दाम्बुला भाइकिंग्स्, गाले ग्लाडियटर्स, जाफ्ना स्टालियन्स र क्याण्डी टस्करर्स सहभागी थिए ।
अघिल्लो बर्षको उपाधि जाफ्ना स्टालियन्सले जितेको थियो ।।
आर्थिक मामिलाका विषयमा श्रीलंका क्रिकेट बोर्डले कोलम्बो किंग्स् र दाम्बुला भाइकिंग्स्लाई कारबाही गरेको छ र यी टिमको स्थानमा नयाँ दुइ टिमले पहिलोपटक सहभागिता जनाउने बताइएको छ ।


















