Prakash Adhikari July 9, 2021

काठमाडौं, २५ आषाढ । संयुक्त राज्य अमेरिकाले १५ लाख भन्दाबढी नेपालीलाई पुग्ने गरी कोरोना भाइरसविरुद्धको खोप उपलब्ध गराउने भएको छ ।

नेपालका लागि अमेरिकाका राजदूत रेण्डि बेरीले शुक्रबार साँझ यसको घोषण गर्नुभएको हो ।

आफ्नो ट्वीटर पेजमा उहाँले भन्नुभएको छ , “आउँदा केही दिनमा अमेरिकाले १५ लाखभन्दा बढी नेपालीलाई पुग्नेगरी कोभीड१९ खोप निशुल्क उपलब्ध गराउंदैछ। नेपाल(अमेरिका साझेदारीको ७३ बर्ष लामो यात्रामा यो मेरो लागि अत्यन्तै खुशीको क्षण हो। अमेरिका सदैव नेपालीहरूको साथमा छ र नेपालीको जीवनस्तर सुधारमा निरन्तर काम गरिहनेछ।”

नेपालमा कोरोना भाइरसको दोस्रो लहर उत्कर्षतिर जान थालेपछि संयुक्त राज्य अमेरिकाले नेपाललाई उच्च प्राथमिकतामा राखेर स्वास्थ्य सामग्रीको सहयोग गरेको थियो ।

यस्तो सहयोगका केही खेपहरु नेपाल आइसकेका छन् ।

Share Now

Leave a comment.