Prakash Adhikari December 19, 2021

काठमाडौँ, ४ पौष । किराँत समुदायमा आजदेखि उधौली पर्व सुरु भएको छ ।

उधौलीलाई नयाँ अन्न धान, कोदो, अदुवा आदि पितृलाई चढाएर घर–घरमा पूजा गर्ने र सामूहिक थानहरूमा भूमिको पूजा गर्दै प्रकृतिप्रति आभार प्रकट गर्ने पर्वको रुपमा लिइन्छ ।

राई, लिम्बु, सुनुवार, याक्खालगायतका किराँती समुदायमा अघिक चिसो हुने हिमाली र पहाडी भेगको खेतिपाती थन्क्याएर जाडो छल्न बस्तुभाउ लिएर बेसी झर्ने समयसंग पनि यसलाई जोडिने गरिन्छ ।

उच्च भेगमा पुस र माघ अत्यन्त चिसो हुने हुनाले कृषि र पशुपालनको निमित्त अनुकूल हुँदैन । यी क्षेत्रमा बस्ने किराँत समुदायका मानिसहरु जाडो छल्न बेसी झर्दछन् । पछि जाडो सकिएर गर्मी सुरु भएसंग पूर्ववत आफ्ना खेतबारी र गोठ तथा खर्कहरुमा फर्किएर खेतिपाती सुरु गर्दछन् । माथि सर्ने समयलाई उभौली भन्ने गरिन्छ ।

Sakela festival begins - myRepublica - The New York Times Partner, Latest  news of Nepal in English, Latest News Articles

अन्नप।ात थन्क्याएर बर्षभरी खाने व्यवस्था भएकोले ढुक्क भएका किसानहरु उधौलीमा निकै रमाइलो गर्दछन् ।

पुर्खाहरुको किसानी रमाइलोलाई संझदै काठमाडौंमा रहेका किराँतीले आइतबार ललितपुरको सानो हात्तिवनस्थित किरात माङहिम (मन्दिर)मा सामूहिक पूजा गरेका छन् । पूजामा मुन्धुमी पुजारी, किरात याख्खा छुम्मा, सुनुवार सेवा समाज, किरात याक्थुङ चुम्लुङ, किरात राई यायोक्खालगायत संस्थाका प्रतिनिधिहरु रहेको बताइएको छ ।

कोरोना महामारीपछि पहिलो पटक सार्वजनिक पूजाआजा र सांस्कृतिक नृत्य प्रदर्शन गरिएको यायोक्खा केन्द्रीय अध्यक्ष दिवस राईले जानकारी दिनुभएको छ ।
यसैगरी प्रदेश–१ को गाउँघरको थुमथुममा पूजाआजा र नाच गरिएको बताइएको छ । आजको दिनलाई विश्वभरि छरिएर रहेका किरातीहरूले उधौलीको रुपमा मनाउने गरेका छन् । यो क्रम केही हप्ता रहने जनाइएको छ ।

वैशाखेपूर्णिमा उभौलीमा भूमिपूजा, आकाश, खोलानाला, हावा, पानी, वनजंगलको विधिवत पूजा गरी प्रकृतिसित अन्नपात र पशुपालन राम्रो होस् भनेर सहमाग्ने गरिन्छ । त्यतिबेला खेतिपातीको याम सुरु भएकोमा किराँतीहरुले रमाइलो गर्दै यो चाड मनाउछन् ।

उधौली र उभौलीमा लिम्बूले च्याब्रुङ बजाएर केलाङ नाच्छन् । राईले साकेला नाच्छन् । सुनुवारले श्याँदर सिल नाच्छन् । याक्खाले केलाक्मा नाच्छन् । हात, गोडा, शरीरको हाउभाउ अभिनय गरेर नाचिने नाच अर्थपूर्ण ंहुन्छ ।

नाचका क्रममा खोरिया फाँड्ने, कोदालोले भस्मे खन्ने, अन्नको बिउ छर्ने, माटोले छोप्ने त्यसपछि बिउ उम्रिन्छ । अब गोडमेल गर्ने र पाकेपछि त्यसलाई पितृलाई चढाएर आशिर्वाद माग्ने जस्ता कृषि युगको अभिनय गर्ने गरिन्छ ।

Share Now

Leave a comment.