Prakash Adhikari June 22, 2022

 

काठमाडौँ, ८ आषाढ । नेपाल बारका तत्कालीन कोषाध्यक्षसमेत रहेका अधिवक्ता रुद्र पोखरेलले सिभिल सहकारीको निक्षेप हिनामिना र ठगी मुद्दा खेपिरहेका इच्छाबहादुर तामाड.लाई धरौटीमा छाड्ने गरी आदेश गर्न काठमाडौं जिल्ला अदालतका न्यायाधीश राजकुमार कोइरालासंग मुद्दा मिलाइदिन मोलमोलाई गरेको अडियो सार्वजनिक भएको छ ।

सिभिल सेभिङ एवं क्रेडिट को(अपरेटिभमा बचतकर्ताहरूको रकम हिनामिनाको कसुरमा पक्राउ परेका पूर्वसांसद तथा व्यवसायी इच्छाराज तामाङलाई धरौटीमा छाड्नेबारे न्यायाधीश कोइराला र अधिवक्ता पोखरेलबीचको वार्तालापको अडियो सोमबार न्यूज २४ टीभीले सार्वजनिक गरेको थियो ।

अडियोमा हाल निलम्बनमा रहेका प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा पनि उक्त प्रकरण मिलाउन सहयोगी बन्ने दाबी गरिएको छ ।

यो घुसको डिल भएको समय, २०७८ पुसमा पोखरेल नेपाल बार एसोसिएसनका कोषाध्यक्ष हुनुहुन्थ्यो । न्यायाधीश कोइरालासँग घुसको डिल गरेको वार्तामा अधिवक्ता पोखरेलले आफूले प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरामार्फत् जिल्ला अदालतका मुख्य न्यायाधीश खतिवडालाई राजुकुमार खतिवडालाई भन्न लगाउने आश्वासन दिनुभएको थियो ।

सो समयमा नेपाल बार एसोसिएसन प्रधानन्यायाधीश जबरामा न्यायीक विचलन आएको भन्दै उहाँको राजीनामा मागेर आन्दोलनमा थियो ।

अधिवक्ता पोखरेल त्यतिबेला प्रधानन्यायाधीश जबराको पक्षमा लागेका थिए । न्यायाधीश कोइरालाको इजलासले तामाङलाई २०७८ पुस १४ मा थुनामा पठाएको थियो ।

सोमबार सार्वजनिक भएको अडियोमा न्यायाधीश कोइराला र अधिवक्ता पोखरेलबीच भएको कुराकानीको अंश यस्तो छः

अधिवक्ता पोखरेलसँगको फोन कुराकानीको सुरुमा न्यायाधीश कोइराला रुद्र जी भनेर सम्बोधन गर्नुहुन्छ । अनि कुराकानीको सुरुमा नै पोखरेलले प्रधानन्यायाधीशको कुरा उठाउनुहुन्छ ।

अधिवक्ता पोखरेल : प्रधानन्यायाधीशबाट १ नम्बर र तपाईं दुईटैलाई म खबर गर्न लगाइदिन्छु ।

न्यायाधीश कोइरालाः प्रधानन्यायाधीशले भन्छन् ?

पोखरेल : प्रधानन्यायाधीशबाट १ नम्बरलाई खबर गर्न लगाइदिन्छु । हजुरलाई पनि खबर गर्न लगाइदिन्छु । हजुरले गर्दै नगर्ने भए त म बेकारमा किन बचन खेर फाल्न जाने त भन्नु न ? गर्दै गर्दिँन भन्ने हो भने‘

न्यायाधीश कोइराला केही भन्न खोज्छन् तर पोखरेल रोक्दै भन्छन् , हत्तेरिका तपाईं डराउनु पर्दैन । किन डराएको ? यस्तो मौका कहिले आउँछ ? अनि किन अरु मान्छे कत्रो गरेर बस्या छन् अनि तपाईं‘ ?

कोइरालाः त्यो हो कि हुनलाई, तर के भनेदेखि त्यो अब १ नम्बर लगायतका कुरा गर्छन् ।

पोखरेलः तपाईंले यो छोड्नुभयो भने, तामाङको साम्राज्य पनि सकिन्छ । डिपोजिटकर्ता पनि सकिन्छन् । यो मुद्दा अभियोग पत्र लगेर हेर्दा कुन चाहिँ माइकालालाले पैसा खाएर यति गर्‍यो भन्ने खालको छ ? अभियोगपत्रै त्यस्तो बनाएर ल्याएको छ । सहकारी ऐन बमोजिमको कसुर स्थापित गरेर ल्याएको थियो भने हजुरलाई अली अप्ठ्यारो हुन्थ्यो । किनकी त्यहाँ त ऐनका सबै कुराहरू थिए । के के थिए । ठगी त केही गरी ठहरिँदैन । नठहरिने कुरामा मान्छेलाई थुन्न हुन्छ त हजुर ?

कोइरालाः त्यो त हो कि हुनलाई । त्यो कुरामा म कन्भिन्स छु तर कुरा के भनेदेखि पीडितहरू रोएर‘ लगायतका कुरा गर्छन्‘

पोखरेल कुरा काट्दै भन्छन्ः त्यो मध्येका केही मान्छे मेरो घरमा आइसके । अफिसमा पनि आइसके । तँलाई हामी ठिक गर्छौं भनिसके । बहस नै गर्न सक्नेलाई नभन्ने भन्ने हुन्न । त्यो मध्ये रामप्रसाद श्रेष्ठ भन्ने मेरो क्लाइन्ट रहेछन् । रिसाउँदै आएका थिए । त्यसको १० कि १२ करोड रहेछ । ुतपाईंलाई त इमानदार, राम्रो वकिल भनेको त तामाङको पक्षमा यस्तो बहस गर्नुभयो तपाईंले भन्दै आएका थिए ।

कोइरालाः हिजो डिल्लीप्रसादभट्टराई भन्ने आठराईको हो । वकिललाई त्यसो भन्नु हुन्छ? वहाँको पेसा हो, धर्म हो भनेँ ।

यहाँ न्यायाधीश कोइराला वकिललाई विचौलिया लगायतका कुरा भन्नेलाई आफूले हकारेको भन्दै पोखरेललाई सुनाउनुहुन्छ ।

पोखरेलः मैले त सुरुदेखि नै मैले भनेको थिए ।

न्यायाधीश कोइराला जाहेरवालाको वकिल को हो भनेर साध्नुहुन्छ। जवाफमा पोखरेलले रमेश बडाल भएको बताउनुहुन्छ । उहाँ पनि बहस गर्न आउने जानकारी आफूलाई भएको भन्दै न्यायाधीश कोइराला एक दिन त्यसै बहसमा जाने जानकारी दिनुहुन्छ। पोखरेल भने बहस गर्ने दिन सुझाउनुहुन्छ ।

कोइरालाः आज दिनभरी लागि हाल्छ । आज भोलि हुन सक्दैन । त्यसले गर्दा फेरि सुन्नुस् न बर्बाद हुन्छ नि त ?

पोखरेलः केही हुन्न । माथि म गराउँछु । माथिबाट संकेत आएन भने नगरिस्यो हगी । माथिबाट म गराउँछु । अनि लिने कुरा पनि म लिन्छु । अलि राम्रै ढंगले लिउँ । यो अवसर सधैं आउँदैन हेरिस्यो हगी । फेरि ठाउँ भएको ठाउँ छ ।

न्यायाधीश कोइराला हाँस्छन् ।

पोखरेलः ठाउँ भएको ठाउँ छ । ठाउँ नभएको भए के भन्या तैँले भन्नुहुन्थ्यो । अब हजुरले त सुरुदेखि नै अलिअलि मानसिकता बनाएको ।

कोइरालाः प्रधानन्यायाधीशले भन्छन् त उनलाई ?

पोखरेल भन्नुहुन्छ, म भनाउँछु । लु मैले अब भन्न लगाए । अब बाँकी कुरा गर्नु न तपाईं। आज चिया समयमा तपाईंलाई उसले संकेत गर्छ ।

कोइरालाः ल हेरौं न

पोखरेलः ल हेरौं न होइन, मैले त्यति गरिसकेपछि हजुरले फेरि नाइँ भने‘

न्यायाधीश कोइराला भने सोही दिन आदेश नहुने बताउनुहुन्छ । उहाँले भोलिपल्ट मुद्दा अगाडि बढ्ने बताउँनुभयो।

पोखरेलः सामान पनि ल्याओ भन्नुपर्‍यो । त्यत्तिकै फोकटमा त किन गर्ने फेरि । समयनै छैन नि त । हैन किन उ गरिस्या भन्या । सबै कुरा गरिसकेपछि यस्तो बेलामा उ गर्नु हुन्न सबै कुरा म गरिहाल्छु । माथिबाटै म भनाउछु । सामान पनि म लिन्छु । त्योभन्दा बाहिर अन्त कही एक्सपोज हुँदैन ।

पोखरेल आफूले सिधै डिल गर्ने जिम्मा लिनुहुन्छ । कुनै च्यानलले डिल गर्न नसकेपछि आफैं डिल गर्ने उहाँको भनाइ थियो ।

कोइराला: धरौटी कति माग्ने भन्नु त रु

पोखरेल भने रिजनेबल (सुहाँउदो)माग्न सुझाउछन् । उनले १० करोडको हाराहारीमा माग्न अंक नै तोक्छन् । जवाफमा न्यायाधीश भन्छन्, “ठीक छ, हुन्छ ।”

कोइराला :अप्ठ्यारो पर्दैन रु जागिर जान्छ !

पोखरेल: पर्दैन पर्दैन, सँधै यस्तो आउँदैन । अरु बेला गर्ने यस्तो बेलामा एकदुई वटा सिद्धन्त छाँट्ने गर्ने जाहेरकर्ताको हित भन्ने पासपोर्ट रोक्ने कुन्नि के भन्ने एकदुई आइडिया निकालौंला नि हजुर !

न्यायाधीश कोइराला आफूलाई कति रकम प्राप्त हुने भन्नेबारे सोध्नुहुन्छ । ।

पोखरेल: “यता तिर झ्याप्र्‍याक्कै २ जित लिउँ न !”

न्यायाधीश कोइराला समर्थनमा अँ भनेर हाँस्नुहुन्छ । फेरि पोखरेललाई सोध्नुहुन्छ । माथिबाट गर्छ त ?”

पोखरेल :अहिले गएर मैले नमस्ते गरेर यति काम तैले गर्नुपर्छ भन्दा गरेन भने त यो जति खुद्रागत को हुन्छ त ? पैसा खाएर चाहिँ लालकाजीको बारेमा उहिलेदेखि यत्रो गरिरहेको छ हैन त ?

कानुनी रूपमा कन्भिन्स भएको तर मिडियाले के गर्लान् कि भनेर न हो चिन्ता भनेर पोखरेल न्यायाधीशलाई सम्झाउनुहुन्छ ।

कोइराला: मिडियाले के लेख्ला फेरि रु नारा जुलुस गर्लान कि ?

पोखरेल : त्यो केही गर्दैनन् । माथि जान्छ । माथिबाट उ भएर आउँछ । माथिबाट तपाईंको आदेश सदर गर्ने सम्पूर्ण जिम्मा मेरो । तपाई किन आत्तिएको ?

कोइरालाले नछोडे माथिकाले छोड्छ भन्दै पोखरेल न्यायाधीशलाई उकास्दै थप्छन् ,” बेकारमा अर्काका छोराछोरी उ गरेको किन गर्नुहुन्छ  ! तपाईं आफ्नै गर्नु न  !!”

कोइराला :  त्यो त हो कि । ठिकै छ । माथिबाट भन्नु न । १ नम्बरलाई भन्नु न।

पोखरेल: ठिक छ म भन्न लगाउँछु । माथिबाट भन्न लगाउछु । पैसा म बेलुका समाति सक्छु ।

कोइराला :  ठिक छ । बुझैँ त । १० करोड भन्दा धरौटी ५० करोड माग्नु पर्छ कि ?

त्यसमा पोखरेल असहमति जनाउँनुहुन्छ – “५० करोड भन्दा त यसै थुनै भइगयो त्यसलाई ।”

न्यायाधीश कोइराला फेरि मिडियामा कस्तो समाचार आउँछ भनेर चिन्ता जाहेर गनुहुन्छ , “सुन्नु न पत्रिकामा आउँछ कि ! डर लाग्छ । जागिर खान्छन् कि भन्ने डर लाग्छ ।”

पोखरेल फेरि ढाडस दिनुहुन्छ,  “कसरी खान्छन् हो जागिर रु उच्चमा सरकारी वकिल जान्छ । सदर गराएर ल्याउने मेरो काम हो । अनि कसरी जागिर खान्छ ? ”

कोइराला: “सदर भएन भने रु बदर भयो भने रु पत्रिकामा आयो भने ?”

यतिबेला भने पोखरेल झर्किनुहुन्छ, “कस्तो कुरा गरिस्या होला ? पत्रिकामा आएकै आधारमा गर्ने हो भने त हजुरहरू जस्तो मान्छे न्यायाधीश भएको के काम ? पत्रिकामा आउने यो उ गर्ने हो भने त त्यसै तारिखमा छोड्नुपर्ने मान्छे छ । इस्युका आधारमा त तारिखमै छोड्नु पर्ने ।”

पोखरेल अगाडि भन्नुहुन्छ, “हजुरले साह्रै खुट्टा कमाउने टेक्दै टेक्दैन भन्ने हो भने त नगरौं कुरा । हैन माथिबाट कुरा आउँदा पनि !”

न्यायाधीश आफू डराएकै बताउँनुहुन्छ । भन्नुहुन्छ, “भोलि पत्रिकामा आउर छ्याल्लब्याल्ल भएर के भयो भनेदेखि ?”

पेसीमा किन सहभागी भएको भनेर पोखरेल थर्काउँनुहुन्छ,”त्यसोभए किन बेकारमा गोला तान्ने त  ? त्यो अर्काकोमै परेको भए हुन्थ्यो ।”

न्यायाधीश हाँस्दै भन्नुहुन्छ,”तान्दाखेरि परेको क्या ?”

पोखरेल पीडितको पक्षमा पनि आदेशमा लेख्ने कुरा सुझाउनुहुन्छ । भन्नुहुन्छ, “उनीहरूको पक्षमा पनि दुईचार वटा कुरा लेखौंला नि हजुर १ विदेश जान नपाउने पासपोर्ट उ गर्ने उसमा बस्नुपर्ने । के के हुन्छन् मलाई सबै के थाहा हुन्छ र हजुरलाई सबै आइडिया छ नि ।”

न्यायाधीश कोइराला सल्लाह गर्ने बताउँनुहुन्छ,”मैले सल्लाह गर्छु नि त ! हाम्रो गुरुज्यूसँग सोध्छु नि त ! ”

पोखरेल उक्त विषयमा सोध्न प्रधानन्यायाधीशलाई भेट्ने कि नभेट्ने भनेर प्रश्न गर्छन्: “प्रधानन्यायाधीशसँग टाइम लिउँ रुु प्रधानन्यायाधिशले भन्छ कि भन्दैन भन्ने जिज्ञासा न्यायाधिश कोइरालाको हुन्छ । जवाफमा पोखरेल भन्छन्, “शतप्रतिशत भन्छ । १ नम्बरलाई बोलाएर भन्छ । राजुलाई बोलाएर भन्छ । राजुले तपाईंलाई भन्छ ।”

प्रधानन्यायाधीशलाई भेट्न स्वीकृति दिँदै न्यायाधीश कोइराला जवाफ दिन्नुहुन्छ,”ल भन्नु न त । जे गरौंला गरौंला ।”

कुराकानीको बिट मार्दै पोखरेल भन्नुहुन्छ,” मैले सुरु गरे है । त्यहाँबाट आएपछि हजुरले पछि हट्न पाइसिन्न नि । अरुसँग धेरै जनासँग कुरा नगरिस्यो नि फेरि । तपाईं म मात्र ।”

न्यायाधीश कोइराला हाँस्दै जवाफ फर्काउनुहुन्छ,”पैसाको कुरा गर्दै गर्दिनँ नि !”

फेरि कुरा लम्बिन्छ र पोखरेल न्यायाधीश कोइरालालाई तरिका सिकाउँनुहुन्छ,”अम्बिकासम्बिकासँग कुरा भयो भने त फेरि कहाँ कहाँ पुग्छ ।” अरु न्यायाधीशसँग कुरा भयो भने दुवै जना सकिने कोइरालाको भनाइ हुन्छ,तपाईं र मेरो सकिने कुरा हो नि यो त ।”

Share Now

Leave a comment.