Prakash Adhikari March 19, 2018

बुटवल(रुपन्देही), ५ चैत्र । प्रदेश नं ५ को मन्त्रिपरिषद विस्तार भएको छ । मुख्यमन्त्री शंकर पोखरेलले मौजुदा मन्त्रिपरिषद् विस्तार गरी ६ सदस्यीय बनाएका छन् ।

थपिएका मन्त्रीमा सुदर्शन बराल(सामाजिक विकास मन्त्रालय, लिला गिरी( उद्योग, पर्यटन, वन तथा वातावरण र आरती पौडेल( भूमि व्यवस्था एवं कृषि तथा सहकारी मन्त्री रहेका छन् ।

थपिएका मन्त्रीहरुले आजै प्रदेश प्रमुख उमाकान्त झाबाट पद तथा गोपनीयताको शपथ लिएका छन् ।

नवनियुक्त मन्त्रीमा गिरी र पौडेल नेकपा एमालेका हुन् भने बराल नेकपा माओवादी केन्द्रका । गिरी रुपन्देही २ क बाट , पौडेल बाँके १ ख र बराल गुल्मी १ क बाट, निर्वाचित भएका हुन् ।

फागुन ३ गते मुख्यमन्त्रीमा नियुक्त भएका पोखरेलले सोही दिन नेकपा माओवादी केन्द्रका कुलप्रसाद केसी र एमाले बैजनाथ चौधरीलाई समावेश गरी ३ सदस्यीय मन्त्रिपरिषद् बनाएका थिए ।

Share Now

Leave a comment.