Prakash Adhikari March 19, 2018

काठमाडौं, ५ चैत्र । आईसीसी विश्वकप क्रिकेट छनोट प्रतियोगिताबाट एक दिवसीय मान्यता पाएर नेपाल फर्किएको राष्ट्रिय क्रिकेट टीमलाई त्रिभुवन विमानस्थलमा भव्य स्वागत गरिएको छ ।

एशोसिएट राष्ट्रहरुमा तेस्रो हुँदै नेपालले आगामी चार वर्षका लागि एक दिवसीय मान्यता पाएको नेपाली टीमको स्वागत गर्न खेलकुद मन्त्री जगत विश्‍वकर्मा विमानस्थल पुगेका थिए।

नेपाली खेलाडीको स्वागतमा क्रिकेट समर्थकहरु समेत विमानस्थल पुगेका थिए।

नेपाली टीमका सबै सदस्यलाई माला र खादा लगाइदिएर स्वागत गरिएको थियो।

समूह चरणमा हङकङलाई जितेको नेपालले पहिलो प्लेअफ खेलमा पपुवा न्यूगिनीलाई हराउँदै एकदिवसीय मान्यता सुुनिश्चित गरेको थियो।

सातौं स्थानका लागि भएको खेलमा भने नेदरल्याण्ड्ससँग ४५ रनले हारेर नेपाल आठौं स्थानमा रहयो।

 

पारसले भने नेपाली टीमको पहिलो सपना पूरा भएको छ

नेपाली क्रिकेट टिमका कप्तान पारस खड्काले एक दिवसीय टेष्ट राष्ट््को मान्यता पाउनु नेपाली क्रिकेट टीमको सबैभन्दा ठूलो उपलब्धि भएको बताउँदै यो आफूहरुका लागि सबैभन्दा खुसीको क्षण भएको प्रतिक्रिया दिएका छन्।

नेपाली टीमलाई स्वागत गर्न विमानस्थल पुगेका समर्थकहरूलाई प्रतिक्रिया दिंदै खड्काले योभन्दा खुसीको क्षण कहिल्यै हुन नसक्ने बताए। ‘हामी क्रिकेट खेल्छौँ, सबै जनाले यति धेरै माया गर्नुहुन्छ, योभन्दा खुसीको क्षण कहिल्यै पनि हुनेछैन’, खड्काले भने।

उनले नेपाली क्रिकेट टीमले धेरै वर्षदेखिको सपना पूरा गरेको भन्दै अब जग थप बलियो बनाएर अघि बढ्ने बताए। उनले यसलार्य क्रिकेट इतिहासको सबैभन्दा ठूलो उपलब्धिको रुपमा लिंदै भने, ओडिआई स्ट्याटस भनेको एउटा फन्डिङदेखि, जीविकोपार्जनदेखि लिएर खेलाडीहरूको भविष्य सुनिश्‍चित गर्ने आधार पाएका छौँ। यो धेरै वर्षदेखिको हाम्रो सपना थियो। त्यो पूरा भएको छ। आशा गरौँ, अब आउने चार वर्षमा हामीले राम्रो जग खडा गरेर नेपाली क्रिकेटलाई अझ माथि लैजान सक्नेछौँ। हामी क्रिकेट खेल्छौँ, हामीलाई यति धेरै माया गरिदिनुभएको छ सबै जनाले, सबैभन्दा ठूलो खुसी हाम्रा शुभचिन्तक हुनुहुन्छ भने त्योभन्दा खुसीको क्षण हामीलाई केही पनि छैन।

अब लक्ष्य ५० ओभरको विश्वकप

ऐतिहासिक एकदिवसीय राष्ट्रको मान्यता प्राप्त भएपछि अन्तर्राष्ट्रिय क्रिकेट परिषद आईसीसीसंग कुराकानी गर्दै नेपाली कप्तान पारस खड्काले नेपालको यात्रा र भावी लक्ष्यबारे कुरा गरेका थिए । सो संवादमा उनले भनेका छन,
बिहिबार समीकरण सरल थियो स् नेपालले पहिलो पटक एकदिवसीय मान्यता प्राप्त गर्न, नेपालले पपुवा न्यु गिनीलाई पराजित गर्नु पर्ने र नेदरल्याण्डले हंगकंगलाई।

“हामीले खेल जित्नै पर्थ्यो” कलात्मक नेपाली कप्तान पारस खड्काले कायापलट गर्ने पछिल्लो केहि दिन सम्झदै भने “हामीले सुरुवात राम्रो गर्यौ, टस जितेर उनीहरुलाई ब्याटिंगको निम्तो दियौ, बलरहरुले गजब काम गरे र हामीले लक्ष्य पुरा गर्यौं। तर अझै हामीले नेदरल्याण्डको रिजल्ट पर्खनुपर्थ्यो, हामी होटल फर्क्यौ र स्कोर बारम्बार ‘रिफ्रेश’ गरिरह्यौ”

“जब हंगकंगको दशौं विकेट झर्यो, हामी क्रिकेट इतिहासमै पहिलो पटक एकदिवसीय राष्ट्र बन्न पुग्यौ। एकदिवसीय राष्ट्र बन्नु हाम्रो सधैंको सपना थियो र २०१८ मा आएर सपना साकार भयो”

तर, खड्का जसले प्रतियोगितामा अफगानिस्तान र स्कटल्याण्डसंग अर्धशतक प्रहार गर्दै राम्रो प्रदर्शन गरे उनीसंग भविष्यको मार्गचित्र स्पस्ट छ(

“एकदिवसीय राष्ट्रको मान्यता पाउनु एउटा कुरा हो तर हामीले यसलाई अर्को ३-४ बर्षमा स्थिर र बलियो बनाउनु पर्छ, यदी हामीले घरमा राम्रो पूर्वाधार विकास गर्न सक्यौ भने मलाई विश्वास छ हामि आगामी बर्षहरुमा समृद्ध बन्नेछौ”

“अवस्य पनि, हाम्रो घरेलु क्रिकेटको संरचना सुधार हुनुपर्छ” उनले थपे, यो सन्दर्भमा कि नेपाल क्रिकेट संघलाई आईसीसीले निलम्बित गरेको छ। नेपाल सन् २०१६ अप्रिलमा आईसीसीको धारा २।९ उल्लङ्घन गरेबापत निलम्बनमा परेको थियो जसले क्रिकेट संघमा सरकारी हस्तक्षेप मान्दैन भने स्वतन्त्र र निष्पक्ष निर्वाचन हुनुपर्छ भन्छ।

यही विवाद समाधानको लागि जनवरीमा आईसीसीको टोलि नेपाल आएको थियो र आगामी जुनमा हुने आईसीसीको बार्षिक सभाले यो बारे पुनर्विचार गर्नेछ।

“हामीले देशमै धेरै खेलहरु आयोजना गर्नुपर्नेछ र पूर्वाधारहरुको विकास गर्नुपर्नेछ” पारसले स्वीकारे “र सबैभन्दा महत्वपूर्ण कुरा हाम्रो बोर्ड सुचारु हुनुपर्छ” हामी अझै पनि निलम्बनमा छौं र आशा गर्छु आगामी जुनमा निलम्बनको अन्त्य हुनेछ, जसपछि हामीसंग क्रिकेट चलाउने उचित हुनेछ”

“हामीसंग श्रोत र साधनहरु छन्, मात्र कुरा हो श्रोत(साधनहरुलाई ब्यबस्थापन गर्ने”

अहिलेको लागि भने, पारस, जसको टिम नेदरल्याण्डसंग अन्तिम खेलमा पराजित हुँदै आठौं स्थानमा प्रतियोगिताको अन्त्य गर्यो, सन्तुष्ट छन् आफ्नो सफलताबाट अनि यो व्यक्तिगत र सामुहिक सपना थियो भन्ने अनुभूत गर्छन्”

“पछिल्लो केहि बर्ष हामीले महसुस गरेका थियौं कि, के गर्यौं भने यो स्तरमा टिकिरहन सकिन्छ” उनले भने “आशा गर्छौं हामीले आगामी दिनमा आफ्नो खेल विकास गर्छौं र यसको मतलब नेपाली क्रिकेटकै राम्रो हो”

क्रिकेट प्रति पागलपन भएको नेपाली फ्यानहरु नेपाली टिमको पछाडी छ र आईपीएल स्टार सन्दिप लामिछाने जस्तो टिन एज युवा छन् जसले भविष्यमा पर्याप्त सम्भावनाहरु प्रतिबिम्बित गर्छ”

“एक दिन हाम्रो चाहना टेस्ट राष्ट्र हुने छ” उनले उद्घोष गरे “यो यात्रा हो र सम्भवतः यसको लागि अर्को ८(१० बर्ष लाग्नेछ। तर अहिले हामि एकदिवसीय मान्यता प्राप्त राष्ट्र हौ र हाम्रो लक्ष्य ५० ओभर बिश्वकप खेल्नु हो”

Share Now

Leave a comment.