प्रकाश अधिकारी
काठमाडौं, ७ चैत्र । नेपाल वायु सेवा निगमले दुईवटा फराकिलो आकारका(वाइर्ड वडी) जहाज खरिद गर्ने प्रक्रियामा कमिशनको भागवण्डा मिलाउन तेस्रो मुलुकमा खाता खोलेको थाहा भएको छ ।
जहाज निर्माता कम्पनी एअरबसका नयाँ जहाज खरिद गर्ने निर्णय गरेर पनि निगमजस्तो ६० बर्षको इतिहास भएको पूर्णत सरकारी स्वामित्वको संस्थाले सीधै एअरबससंग खरिद गर्ने रुचि देखाएन् ।
यसभन्दा पहिलेको साँघुरा आकार(न्यारोवडी)का दुईवटा विमान खरिद प्रक्रियामा सीधै उत्पादक कम्पनी एअरबसलाई सहभागी गराएको निगमको व्यवस्थापनले यसपटक करिब २२ अर्ब रुपैया पर्ने एअरबसका ठूला आकारका (वाइड बडी) दुईवटा जहाज खरीद गर्दा भने उत्पादक कम्पनीलाई पन्छाएर दलाल माथि दलाल थप्दै आफैले नयाँ दलाल राखेर किन्ने निर्णयमा कसरी पुग्यो यो असाध्यै रोचक छ ।
नेपाल वायुसेवा निगमका वर्तमान महाप्रबन्धक कार्यकारी अध्यक्ष भएको बेलामा नै निगमले एउटा न्यारो वडी र एक वाइडबडीको विमान खरीद गर्ने प्रक्रिया अगाडि बढाएको थियो । त्यतिबेला न्यारो वडीमा एअरबस र वोइड. दुवैले सहभागिता जनाएका थिए र वाइडबडीमा भने नेपालबाट एकमात्र वाइडबडीको जहाज सञ्चालन गर्नु व्यवसायिक दृष्टिकोणले उपयुक्त नहुने कारण जाउदै बोइड.ले सहभागिता जनाएन, एअरबसकोमात्र प्रस्ताव परेको थियो ।
त्यसबेला वर्तमान महाप्रबन्धक सुगतकंशाकारले अख्तियार, लेखासमिति र सार्वजनिक सञ्चार माध्यममा समेत, उत्पादक कम्पनीसंग सीधै कारोबार गरिएकोले यसमा कमिशनको खेल नहुने र यताको सरकारी कम्पनीले उताको यूरोपेली मुलुकहरुको साझेदारीको कम्पनीसंग गरिने कारोबार पारदर्शी,स्वच्छ र प्रतिस्पर्धात्मक बजारको नियम अनुसार तर्क प्रस्तुत गरेका थिए ।
तर अहिले परिस्थिति फेरिएको छ, कम्पनीसंग सिधै कारोबार गर्दा कमिशन दिन पर्दैन भन्ने उनै कंशाकार महाप्रबन्धक बनेर आएपछि थालिएको करीब २२ अर्ब रुपैयाका एअरबसका दुई ठूला आकारका (वाइड बडी) जहाज खरिद गर्न भने निगमले टेण्डर प्रक्रियादेखि नै उत्पादक कम्पनी र उसको औपचारिक सञ्जाललाई सहभागी गराउने मार्ग बन्द गरिदियो । नयाँ जहाज आपूर्ति गर्ने कम्पनीले १००० घण्टासम्म उडाएको जहाज आपूर्ति गर्नुपर्ने शर्त राखियो । जहाज २०१४ पछि उत्पादन भएको शर्त थपियो । उत्पादक कम्पनीले परीक्षण उडान गरेको जहाज मात्र विक्री गर्दछन् । जहाज भाडामा लिनेदिने र दलाल कम्पनीलाई मात्र हुने गरी आरएफपी बनाइयो ।
जहाज अमेरिकाको एएआर कर्पोरेशन इन्कले आपूर्ति गर्ने भनियो । तर जहाज उसंग थिएन् । उसलाई एअरबसमा जहाज अर्डर गरेको कम्पनी खोज्न लगाइयो । उसले पोर्चुगलको हाईफ्लाई एक्स भन्ने कम्पनीले पेरिस सोमा जहाज खरिद गर्ने पत्रमा हस्ताक्षर गरेको भेट्यो । त्यो कम्पनीलाई समाइयो । दुई वटा कम्पनीले चाहेमा आफूले अर्डर गरेका जहाज नेपाललाई दिन सक्ने अवस्था थियो ।
अघिल्लो पटक न्यारोवडीको एक र वाइडबडीको एक जहाज खरिद गर्ने प्रक्रियामा बैना पठाउने वित्तिकै अख्तियारको मुद्दा लागी निगमबाट निलम्बित भएका कंशाकारले यी दुई कम्पनीबाट प्रत्यक्ष खरीद गर्दा पनि कमिशन खाएर पचाउने मार्ग सजिलो देखेनन् ।
यसकै लागि आयरल्याण्डको डब्लिनमा नयाँ हाईफ्लाई एक्स नामक कम्पनी खडा गर्न लगाइयो र तीन कम्पनीको तर्फबाट जहाज आपूर्ति गर्ने संझौता सम्पन्न गरियो । तर ढाँटेको कुरा काटे मिल्दैन भने जस्तो अवस्था देखियो । निगमले जहाज खरिदको प्रस्ताव माग्यो, २६ सेप्टेम्बर २०१६ मा,प्रस्ताव प्राप्त भए त्यसको ४५ दिनभित्र अर्थात ९ नोभेम्बर २०१६ भित्र । निगमले त्यसैबीचमा प्राप्त प्रस्तावहरु उपर मूल्यांकन गरी जहाज आपूर्तक कम्पनी एएआर इन्टरनेशनल इन्क चयन भएको सूचना जारी गर्यो ।
निगम व्यवस्थापनले २७ जनवरी २०१७ मा जारी गरेको प्रेस विज्ञप्तिमा एएआर कर्प इन्क, जर्मन एभिएसन र हाइफ्लाई एअरलाइन्ससंग जहाज आपूर्ति गर्ने विषयमा समझदारी पत्र (एमओयू)मा हस्ताक्षर भएको उल्लेख गरेको छ ।
तर ७ अप्रिल २०१७ मा भने हाईफ्लाई एक्स आयरल्याण्ड भन्ने नयाँ विक्रेता कम्पनीसंग जहाज खरिद गर्ने निर्णय गर्यो ।
रोचक कुरा के छ भने यो हाईफ्लाई एक्स आयरल्याण्ड भन्ने कम्पनीको स्थापना जहाज आपूर्तिको लागि नेपालमा समझदारी पत्रमा हस्ताक्षर भैसके पछि गरिएको छ । कम्पनीको प्रोफाइलमा यो कम्पनी २१ फेब्रुअरी २०१७ मा मात्र स्थापना भएको उल्लेख छ ।
अब प्रश्न उठछ, नेपाल एअरलाइन्सजस्तो ६० बर्षको इतिहास भएको पूर्णत सरकारी स्वामित्वको एअरलाइन्सले टेण्डर प्रक्रियामा सहभागिता नै नजनाएको कम्पनीसंग जहाज लिने संझौता केको लागि गर्न बाध्य भयो वा पारियो ?
अझ अर्कोतिरबाट हेरौ यो कम्पनीको प्रमुख कार्य जहाज किन्ने बेच्ने तथा भाडामा दिने पनि होइन् । यसको जम्मा जम्मी काम भनेको जहाजका पार्टपूर्जा आपूर्ति गर्नेमात्र देखिन्छ । अनि नेपाल एअरलाइन्स र पर्यटन मन्त्रालयका अधिकारीहरु किन झूठो बोलिरहेका छन् सहसचिव बुद्धिसागर लामिछानेले काठमाडौंपोष्टलाई नेपाललाई जहाज आपूर्ति नगरेसम्म हाईफ्लाई एक्स आरल्याण्डलाई अरु कम्पनी वा देशलाई जहाज दिन रोकिएको भनेका छन जबकी यो कम्पनीको उद्देश्य र हैसियत नै आजका मितिसम्म जहाज किनेर लिजमा दिने वा क्रय विक्रय गर्ने खालको बनेकै छैन् ।
Buddhi Sagar Lamichhane, joint secretary at the Tourism Ministry said, “Hi Fly X Ireland has been barred from accepting other aircraft delivery orders until it supplies the two aircraft to NAC.”
तल हेरौं तथ्य आफै बोल्छ
निगमको वेभ साईटमा वाइडबडी खरिद सम्बन्धी घटना र तिथिमिति
Highlights of Progress on acquiring two A330-200 wide body aircrafts by
Nepal Airlines Corporation
o Tender Issued on 24th September, 2017 deadline 45 days from issued date.
o Total Bids received from 11 companies.
o Selected bid by AAR Corp in consortium with German Aviation Capital Corporation (GACC) and Hi Fly Airlines.
o MOU signed on 27th January, 2017.
o Purchase Agreement signed on 17th March, 2017.
o Sales and Purchase Agreement work in progress.
o Preliminary Manufacturer’s Serial Number assigned by Airbus for two A330-200 are #1845 and #1854 respectively.
o A330-200 Wide Body Purchase Agreement Signed on 7th April 2017.
Hifly X Ireland Limited
Summary
Hifly X Ireland Limited was set up on Tuesday the 21st of February 2017. Their current address is 2 Grand Canal Square,Grand Canal Harbour,Dublin 2, and the company status is Normal. The company’s current directors Declan Meagher, Christian Nuehlen and Sergio Bagorro have been the director of 2 other Irish companies between them.
Company Vitals
• Company Name:Hifly X Ireland Limited
• Time in Business:1 Year
• Company Number:599010
• Current Status:NORMAL
• Principal Activity:[7735] Renting and Leasing of Air Transport Equipment
• May Trade As:Hifly X Ireland Ltd
o ADD MY COMPANY DETAILS
• Registered Address:2 Grand Canal Square,
Grand Canal Harbour,
Dublin 2
Directors
NAME CO. DIRECTOR ADDRESS DIRECTORSHIPS
Christian Nuehlen Yes GERMANY 2
Sérgio Bagorro Yes PORTUGAL 1
and 1 other directors listed
जहाजको क्रेता नेपाल वायुसेवा निगमले यी तीनवटा कुनै पनि कम्पनीसंग सीधै उनीहरुको खातामा लेनदेन गर्न चाहेन र जर्मनीको म्युनिखमा अवस्थित नर्टन रोज फुलब्राइट एलएलपीलाई एस्क्रो एजेण्ट नियुक्त गरियो र उसैले सिफारीस गरेको युनि क्रेडिट बैंक एजीमा आर्थिक कारोबार गर्न नयाँ खाता खोलियो, एस्क्रो एकाउण्टको नाममा ।
यो विचौलियाको खाता हो । यसमा क्रेताले पैसा जम्मा गर्छ, विक्रेताले विचौलियाको खाताबाट पैसा पाउछ । क्रेताले पठाएको सबै पैसा विक्रेताले पाउछ भन्ने पनि हुँदैन । यसले के स्पष्ट गर्दछ भने जहाज खरिदका लागि नेपाल वायुसेवा निगमले पठाएको पैसा यो खातामा जम्मा हुन्छ । सो पैसा निगमका पदाधिकारीको कमिशन, आपूर्तिकर्ता ३ कम्पनीका अंशीयारहरुको कमिशन कट्टा गरेर जहाजको वास्तविक मूल्य वापत तिर्नुपर्ने रकममात्र सो खाताबाट एअरबसको खातामा पठाइन्छ ।
Definition of ‘Escrow Account’
Definition: An escrow account is a temporary pass through account held by a third party during the process of a transaction between two parties. This is a temporary account as it operates until the completion of a transaction process, which is implemented after all the conditions between the buyer and the seller are settled.
एस्क्रो एग्रिमेण्टको अनुसूची १मा सान्दर्भिक संयुक्त निर्देशन भनेर जर्मनीको म्युनिखमा अवस्थित नर्टन रोज फुलब्राइट एलएलपीका डा. राल्फ स्प्रिंगर र मार्कुस र्याडब्रञ्चलाई खातामा आएको रकम संयुक्त निर्देशन बमोजिम जहाज निर्माता एअरबसको खातामा पठाउने र बाँकी रकम संयुक्त निर्देशनबमोजिमका खातामा पठाउने व्यहोराका शर्तहरु उल्लेख गरिएका छन् ।
अझ रमाइलो कुरा त के छ भने जर्मनीमा रहेको नर्टनरोज फुल ब्राइट एलएलपीले कारोबारको लागि एस्क्रो खाता यूनिक्रेडिट बैंक एजी(पहिलेको हाइपोभरेन्स बैंक) मा खोलेको छ तर फ्रान्समा रहेको एअरबसको खातामा खरीद रकम पठाउन अमेरिकाको न्यूयोर्कमा रहेको डच बैक ट््रष्ट कम्पनी अमेरिकामार्फत पठाउने प्रबन्ध गरिएको छ । जहाज खरिदको भुक्तानी प्रक्रिया जेलेर जटिल तथा छानवीन र अनुसन्धान गर्नैं कठिन बनाइएको छ ।
निगमले राजु के.सी. र मदन खरेल महाप्रबन्धकको जिम्मेवारीमा रहेको बेलामा दुईवटा न्यारोबडीको जहाज खरिद गर्दा सीधै एअरबस कम्पनीको खातामा रकम पठाएको थियो । सो खरिद प्रक्रिया विवादरहित ढंगले सम्पन्न भएको थियो ।
यसरी विचौलियाको खाताबाट कमिशन खाने तारतम्य मिलाइएकोले नेपाल एअरलाइन्सले झण्डै १० महिना अगाडी पहिलो किस्तास्वरुप पठाएको ८ अर्ब रुपैयाको भुक्तानी प्राप्त भएको रसिद अझै निगममा आएको छैन । निगमले सो खातामा पहिले प्रतिबद्धता शुल्क १० लाख डलर पठाएको थियो । झण्डै २२ अर्ब(१०४.८ मिलियन डलर प्रति जहाज) को वाइड बडी खरीद प्रक्रियामा भएका अनियमितताका विषयमा संसदको सार्वजनिक लेखा समिति र अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा पनि ऊजुरी परेको छ ।
निर्वाचनको कारण संसदको अनुसन्धान प्रभावित भएको थियो । अख्तियारको अनुसन्धान निरन्तर रहेको कुरा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले प्रेस विज्ञप्ति नै निकालेर सार्वजनिक गरिसकेको छ ।
नेपाल एअरलाइन्स र जहाज आपूर्तिकर्ता कम्पनीहरुको कन्सोर्टिमय हाई फ्लाई एक्स आयरल्याण्ड, एएआर इन्टरनेशनल इन्क अमेरिका,जर्मन एभियसन क्यापिटल जर्मनी र हाईफ्लाई ट््रान्स्पोर्ट एरोज एसए पोर्चुगलका बीचमा ७ अप्रिल २०१७ मा सम्पन्न हवाईजहाज खरिद तथा बिक्री संझौताको एस्क्रो एग्रिमेण्ट खण्डको दफा १३ मा एस्क्रो एग्रीमेण्ट एजेण्टको शुल्क १० हजार यूरो हुने र त्यो खर्च बिक्रेताले ब्यहोर्ने उल्लेख छ । यसको अर्थ स्पष्ट छ, नेपाललाई जति मूल्यमा जहाज दिने संझौता भएको छ, हाई फ्लाई एरोज पोर्चुगलले त्यो भन्दा सस्तोमा एअरबसमा अर्डर दिएको छ ।
हाइफ्लाई एरोज पोर्चुगलले अर्डर गरेको जहाज नेपाल वायुसेवा निगमले लिने भएपछि सो कम्पनीले एअरबससंग गरेको खरीद संझौता निगम र अहिले आपूर्ति गर्ने कन्सोर्टियमको संझौताको अभिन्न अंग बन्नपर्ने थियो । तर मोटो रकम खाने दाउमा रहेका निगमका पदाधिकारीहरुले त्यसलाई छलेर इञ्जिन सहितको जहाजको मूल्यमात्र उल्लेख गरेका छन् ।यसले जहाज प्राप्त गरिसकेपछि पनि प्राप्त हुने आफ्टर सेल्स सर्भिस र वारेन्टी तथा ग्यारेन्टी जस्ता विषयमा थप समस्या ल्याउने देखिन्छ ।
उड्डयन क्षेत्रका जानकार विज्ञ र जहाज खरीद कार्यमा संलग्न नेपाली व्यवसायीका अनुसार यो सेरिजका जहाजलाई पोचुगतको हाई फ्लाई टन्स्पोर्ट एरोज कम्पनीले करिब ९४ मिलियन डलरमा खरिद गर्ने संझौता गरेको छ । मूल्य बढाएर सीधै प्रति जहाज सिधै १७ मिलियन डलर गरी ३ अर्ब ४० करोड र खरिद मूल्यको १० प्रतिशत कमिशन अर्थात २ अर्ब गरी करिब साढे ५ अर्ब रुपैया कमिशन पचाउन यस्तो तारतम्य मिलाइएको हो ।
चाँडो ल्याउने नियत होइन
नेपाल वायुसेवा निगमले आफूले सीधै जहाज निर्माता कम्पनी एअरबससंग जहाज खरीद नगरी विचौलियामार्फत खरीद गर्नुको कारणमा आफूले अर्डर गर्दा ढिलो हुने एएआर कम्पनीले पहिले अर्डर गरिसकेको नयाँ जहाज दिने भएकोले छिटो जहाज ल्याउन यो मार्ग अपनाएको पनि बताउदै आएको छ । तर तथ्यहरुले त्यसलाई पुष्टी गर्दैनन् ।
हाई फ्लाई पोचुगलले २१ जुन २०१७ मा मात्र एअरबसका ३३०(२०० सेरिजका जहाज किन्ने आदेशको संझौतामा गरेको छ । उसले पेरिस एअर सोमा अर्डर बुक गरेको भनिए पनि २०१७ को पेरिश एअर सो जुन १९ देखि २५ सम्म भएको थियो । जबकी नेपालले ठूला आकारका एअरबसको जहाज किन्ने टेण्डर २०१६ को सेप्टेम्बरमा नै गरिसकेको थियो । त्यतिबेलै नेपालले सीधै एअरबससंग संझौता गरेको भए २०१७ को भन्दा सस्तो पनि पाउने र छिटो पनि आउनेमा कुनै द्धिविधा रहेको देखिदैन । यसभन्दा अगाडि पोर्चुगलतको हाईफ्लाई ट्रन्स्पोर्ट एरोजले यस्तो जहाज अर्डर गरेको थिएन । उसको उडानमा भने यो सेरिजका दुइबटा जहाज पहिल्यैदेखि रहेका छन् ।
News
Portugal’s Hi Fly orders two A330-200s
21JUN2017
Hi Fly (5K, Lisbon) has signed a firm order agreement with Airbus (AIB, Toulouse Blagnac) for two A330-200s. The aircraft are part of the Portuguese ACMI/charter specialist’s fleet renewal programme and will feature eighteen seats in business and 256 seats in economy class.
“This acquisition is part of our strategy to renew our fleet and progressively own all the aircraft we operate,” Paulo Mirpuri, Chairman and CEO of Hi Fly, said. “As a loyal Airbus operator we are very much looking forward to the arrival of these new Airbus A330-200s.”
Hi Fly’s Portuguese fleet currently consists of one A321-200, two A330-200s, two A340-300s and one A340-500. Its Hi Fly Malta (HFM, Malta) unit operates five A340-300s.