काठमाडौं, २० मंसिर। पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको ग्राउण्ड ह्यान्डलिङको जिम्मा नेपाल वायुसेवा निगमले पाएको छ ।
नागरिक उड्डयन प्राधिकरणले गौतम बुद्ध अन्तर्राष्ट्रिय विमान स्थल भैरहवा र पोखरा अन्तर्राष्ट्रिय विमानस्थल पोखराको ग्राउण्ड ह्यान्डलिङको जिम्मा निगमलाई दिएको छ।
प्राधिकरणले गत बुधबार निगमलाई पत्र पठाउँदै पोखरा विमानस्थलको ग्राउण्ड ह्यन्डलिङका लागि तयारी गर्न निर्देशन दिएको हो ।
गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल भैरहवाको ग्राउण्ड ह्याण्डलिड. निगमले नै चलाइरहेको छ। निर्वाचन अघि प्राधिकरणले गौतम बुद्ध विमानस्थलको ग्राउण्ड ह्यान्डलिङको जिम्मा हिमालयलाई दिने तयारी गरेको थियो।तर चारैतिरबाट विरोध र आलोचना भएपछि प्राधिकरण पछि हट्यो ।
निगमले गौतम बुद्धबाट उडान नगरेको भन्दै प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीले त्यहाँको ग्राउण्ड ह्याण्डलिड. हिमालयलाई दिने प्रक्रिया अगाडि बढाउनुभयो । उहाँले पोखरा विमानस्थलको ग्राउण्ड ह्यान्डलिङ पनि निगमले नपाउने संकेत दिनुभएको थियो ।
निगमले माग अनुसार उपकरण र जनशक्ति विस्तार गर्दै लैजाने बताएको छ । विमानस्थलमा रहेको बोर्डिङ ब्रिज संचालनका लागि निगमले आफ्ना जनशक्तिलाई दुई साताको तालिम दिने तयारी गरेको छ। निगमको टोली अनुगमनका लागि पोखरा गइसकेको छ।
भैरहवा टचडाउन गरी निगमले उडान गर्ने
निगमले गौतम बुद्ध विमानस्थलबाट कतार र मलेसिया उडान गर्ने भएको छ।
निगमले पुस ४ गतेदेखि भैरहवाबाट मलेसिया र कतार उडान गर्नेछ। प्राधिकरणले गौतम बुद्धमा ट्राफिक बढाउन निगमलाई उडानका लागि आग्रह गरेको थियो। तर निगमको उच्च व्यवस्थापनले अटेर गरेपछि प्राधिकरणले काठमाडौ( दिल्ली उडान नै कटौती गरेको थियो।
त्यसपछि निगमले काठमाडौं( दिल्ली(भैरहवा( काठमाडौं उडानका लागि प्रस्ताव गरेको थियो। भारतसंग भैरहवामा उडान अवतरण गर्ने सम्बन्धमा सहमति नभैसकेकोले प्राधिकरणका महानिर्देशक अधिकारीले भारत वाहेकका गन्तब्यमा उडान गर्न आग्रह गर्नुभयो र मलेसिया तथा कतारको उडान सो विमानस्थल टच डाउन गरी गर्र्ने सहमति भएको छ ।


















