बार्सिलोना(स्पेन)१३ जेठ । स्पेनमा पहिलो पटक नेपाली राजदूतबास खोलेपछिका पहिलो राजदूत भरतबहादुर रायमाझी बार्सिलोना आइपुगेका छन् ।
बार्सिलोना आएका स्पेनका पहिलो आवासीय नेपाली राजदूत रायमाझीलाई बिभिन्न संघसंस्थाका अध्यक्षहरुले भब्य स्वागत गरेका थिए ।
एनआरएनलगायतका विभिन्न संघसंस्थाको विशेष पहलमा पहिलो पटक स्पेनमा राजदूतावास स्थापना गरिएको हो ।
सोही अवसरमा स्वागत कार्यक्रममा स्पेनमा बस्दै आएका नेपालीहरुले राजदुत भरतबहादुर रायमाझीलाई स्वागत गर्दै आफूहरुको समस्या समाधानमा अग्रसर हुने विश्वास ब्यक्त गरेका छन् । पहिलो पटक राजदुत रायमाझीलाई बार्सिलोनामा स्वागतसँगै रायमाझीले नेपालीको समस्या समाधानमा आफू दिनरात लागिपर्ने बताएका छन् ।
एनआरएन यूरोपका उप-संयोजक एकराज गिरी, आईसीसी सदस्यहरु मुक्त गुरुंग र शितल भुर्तेल भुसाल, स्पेनका अध्यक्ष चिन्तामणी सापकोटा, आप्रवास समस्या समाधान उपसमिति संयोजक दीपक खरेललगायत बिभिन्न संघसंस्थाका अध्यक्षहरुले राजदूत रायमाझीलाई भब्य स्वागत गरेका थिए ।