Prakash Adhikari March 18, 2025

काठमाडौं, ५ चैत्र । CG चौधरी ग्रुप अन्तर्गत रहेको BEKO ब्रान्डले निःशुल्क AC सेवा शिविर २०२५ को आयोजना गरेको छ |

यो सेवा शिविर अवधिभरि ग्राहकहरूले आफ्नो जुनसुकै ब्राण्डको AC को जाँच र मर्मत कार्य निःशुल्क रूपमा गराउन सक्नेछन् । सर्भिसिङ मात्र नभएर, यदि ग्राहकहरूले आफ्नो पुरानो AC परिवर्तन गर्न चाहन्छन् भने, उनीहरूलाई उत्कृष्ट मूल्यांकन प्रदान गरिनेछ, जसअन्तर्गत ५०% सम्मको अतिरिक्त मूल्यांकन समेत पाउन सक्नेछन् वा नयाँ BEKO को AC संग साट्न सक्नेछन् । त्यसैगरी नयाँ AC खरिदमा विशेष २०% सम्मको छुट र AC को स्पेयर पार्ट्स आवश्यक परेमा, ५०% सम्मको छुट को व्यवस्था गरिएको छ ।

यस विशेष सेवाको अर्को आकर्षक पक्ष AC एक्सचेन्ज गर्दा प्राप्त हुने विशेष कुपन सुविधा हो। ग्राहकहरूले AC एक्सचेन्ज गर्दा रु. ३,००० मूल्य बराबरका २ वटा निःशुल्क सेवा कुपन प्राप्त गर्न सक्नेछन् ।

ग्राहकहरूले १६६-००-१०२-२११ वा ०१-५९७०१२२ मा फोन गरेर निःशुल्क सेवा लिन सक्नेछन् । साथै, CGXElex को आधिकारिक वेबसाइटमार्फत पनि स्व-मूल्यांकन र एक्सचेन्ज सुविधा उपलब्ध हुने कम्पनिले जनाएको छ ।

अधिक जानकारीका लागि:वेबसाइट: www.cgxelec.com/exchange

 

Share Now