लण्डन(संयुक्त अधिराज्य), १३ साउन । नेपाली राष्ट्रिय क्रिकेट टिमले आज टि–२० सिरिज अन्तर्गत नेदरल्यान्ड र एमसिसि विरुद्ध प्रतिष्पर्धा गर्दै छ।
श्रीलंकाको विश्व टान्टी–२० विजेता खेलाडी माहेला जयवद्र्धनेको कप्तानीमा विश्व स्टारहरु इयान बेल, जोनाथन ट्रोट, विकेटकिपर जेम्स फोस्टर, जिम्बावेका पिटर मुर, स्कटल्यान्डका डिलन बुज, एलास्डाएर इभान्स र मार्क वाटलगायत नेपाल विरुद्ध उत्रने यो खेल नेपालकालागि आफ्नो क्षमता परीक्षण गर्ने गतिलो अवसर पनि बन्नेछ ।
नेपालले २०१५ को जुलाईमा पपुवा न्युगिनीसँग खेले लगतै टि–२० अन्तराष्ट्रिय मान्यता गुमाएको थियो।
२०१५ मा आयरल्यान्डमा भएको विश्व ट्वान्टी–२० छनोटमा पुछारबाट दोस्रो स्थानमा रहेपछि नेपालले टि–२० अन्तर्राष्ट्रिय मान्यता गुमाएको थियो ।
त्यसपछि नेपालले ट्वान्टी–२० अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्न लागेको यो पहिलो अवसर हो ।


















