दुबाई(संयुक्त अरब इमिरेट्स), २ पौष । युएईमा जारी एसीसी यु १९ एसिया कप अन्तरगत आज नेपाली टिम अफगानिस्तानसंग खेल्दै छ ।
दुबाईमा भएको एशिया कप अन्तरगतको १२ औं खेलमा नेपाल टस हारेर ब्याटिड. गरिरहेको छ । अहिले खेल २५ औं ओभरका चौथो बलमा चलिरहेको छ । नेपालको पाँचौ विकेट पतन भएको छ । नेपाली टिमबाट आज अलिकति दोहोरो अंकमा रन बनाएका दिलसाद अलिे ३२ रनमा आउट भएका छन् । नेपालले हालसम्म ५७ रन जोडेको छ ।
खासमा नेपाल र अफगानिस्तान यस अगाडि खेलेका दुई दुई खेलमा पराजित भएर दोस्रो चरणको रेसबाट बाहिर परिसकेका छन् । तर समूह चरणको तेस्रो खेल दुवैका लागि प्रतिष्ठाको विषय बनेको छ ।
समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। नेपालले दिएको १ सय ३१ रनको झिनो लक्ष्य बंगलादेशले २४.५ ओभरमा ३ विकेटको क्षतिमा पूरा गर्यो।
समूह चरणमा लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्।
नेपाल पहिलो खेलमा श्रीलंकासँग ८ विकेटले पराजित भएको थियो।
अफगानिस्तान पहिलो खेलमा बंगलादेशसँग ३ विकेट र श्रीलंकासँग २ विकेटले पराजित भएको थियो।
अर्को समूहमा भारतले २ खेल, युएई र पाकिस्तानले समान १ खेल जितेका छन् । मलेसिया जित विहिन छ।
एसियाली क्रिकेट काउन्सिल (एसीसी) का पूर्ण सदस्य राष्ट्र भारत, पाकिस्तान, श्रीलंका, बंगलादेश र अफगानिस्तान स्वत तथा युएई, नेपाल र मलेसिया प्रिमियर कपको शीर्ष ३ टोलीका रुपमा छनोट हुँदै एसिया कप खेल्दैछन्।


















