काठमाडौँ, २५ असारः स्थानीय बजारमा आज सुनचाँदीको मूल्य घटेको छ । हिजो बुधबारको तुलनामा सुन तोलामा रु २ हजार ४ सय र चाँदी रु १ सय ६० ले घटेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुुन प्रतितोला रु २ लाख ८४ हजार ७ सय र त्यति नै परिमाणको सेतो धातुको मूल्य रु ४ हजार ३ सय ४० कायम भएको छ ।
हिजो छापावाल सुुन प्रतितोला रु २ लाख ८७ हजार १ सय र त्यति नै परिमाणको सेतो धातुको मूल्य रु ४ हजार ५ सयमा कारोबार भएको थियो ।
अन्तरराष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार अन्तरराष्ट्रिय बजारमा आज एक औँस सुन ४ हजार ७५ र चाँदी ५७ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।
–––








