सानो ठिमी(भक्तपुर), २२ मंसिर । शिक्षक सेवा आयोगले मोरड.,सुनसरी,धनकुटा, कैलाली, डोटी र जुम्ला जिल्लाबाट कार्यरत अस्थायी शिक्षकबाट स्थायी हुन २०७५ असार ३० गते लिइएको परीक्षामा सम्मिलित शिक्षकहरुको नतिजा सार्वजनिक गरेको छ ।
आयोगले शुक्रबार सो नतिजा आफ्नो वेभसाईटमा राखेको थियो ।
पास हुनेहरुको नामावली हेर्नुहोस् :
http://tsc.gov.np/doc/154418898020.Final_compile_Written_result_Primary_Morang0750821.pdf
http://tsc.gov.np/doc/154418892819.Final_compile_Written_result_Primary_Sunsari0750821_.pdf
http://tsc.gov.np/doc/154418874116.Final_compile_Written_result_Primary_Dhankuta0750821.pdf
http://tsc.gov.np/doc/154418870515.Final_compile_Written_result_Primary_Kailali0750821.pdf
http://tsc.gov.np/doc/154418847617.Final_compile_Written_result_Primary_Doti0750821.pdf
http://tsc.gov.np/doc/154418881418.Final_compile_Written_result_Primary_Jumla%200750821.pdf
आयोगले परीक्षामा उत्तीर्ण शिक्षकहरुलाई अन्तरवार्ताको लागि देहायका मिति, समय र स्थानमा उपस्थित हुन सूचित गरेको छ ।
मोरड.बाट परीक्षामा सहभागी भएका शिक्षकहरुको अन्तरवार्ता शिक्षा विकास तथा समन्वय इकाइ,झापामा पुस २०,२१ र २२ गते हुनेछ ।
अन्तरवार्ता केन्द्र शिक्षा विकास तथा समन्वय इकाइ, झापा २०७५/०९/२० गते १०१ सवै र १०२ का सि.नं. १ देखि ३३ सम्म २०७५/०९/२१ गते १०२ का सि.न. ३४देखि १११ सम्म र १०३का सि.नं. १ देखि २२सम्म२०७५/०९/२२ गते १०३ का सि.नं. २३ देखि १४५ सम्म( समय विहान ८ः०० वजेदेखि र दिउँसो १ः०० वजेदेखि)
त्यस्तै सुनसरीबाट परीक्षा दिने शिक्षकहरुको अन्तर्वार्ता शिक्षा विकास तथा समन्वय इकाइ, मोरड.मा हुने छ ।
अन्तरवार्ता केन्द्र : शिक्षा विकास तथा समन्वय इकाइ, मोरङ मिति २०७५/०९/२० गते विहान ८ः०० वजेदेखि र दिउँसो १ः०० वजेदेखि
धनकुटाबाट परीक्षामा सम्मिलित र उत्तीर्ण भएका शिक्षकहरुको अन्तरवार्ता शिक्षा समन्वय कार्यालय मोरड.मा हुनेछ ।
अन्तरवार्ता केन्द्रः शिक्षा विकास तथासमन्वय इकाइ, मोरङमिति २०७५/०९/१८ गते १०१ र १०३ सवै मिति २०७५/०९/१९ गते १०२ सवै(समय विहान ८ः०० वजेदेखि र दिउँसो १ः०० वजदेखि)
कैलालीबाट परीक्षामा सम्मिलित भई उत्तीर्ण भएका शिक्षकहरुको अन्तरवार्ता जिल्ला शिक्षा विकास तथा समन्वय इकाई कञ्चनपुरमा हुने भएको छ ।
अन्तरवार्ता केन्द्र : शिक्षा विकास तथा समन्वय इकाइ, कञ्चनपुर १०१ र १०२ सवै मिति २०७५/०९/१८ गते १०३ सवै मिति २०७५/०९/१९ गते (समय विहान ८ः०० वजेदेखि र दिउँसो १ः०० वजेदेखि)
डोटीबाट परीक्षा दिएर पास भएका शिक्षकहरुको अन्तरवार्ता शिक्षा विकास तथा समन्वय इकाइ, कञ्चनपुरमा हुनेछ ।
मिति २०७५/०९/१९ गते १०१ र १०२ मिति २०७५/०९/२० गते १०३ सवै ( समय विहान ८ः०० वजेदेखि र दिउँसो १ः०० वजेदेखि )
जुम्लाबाट परीक्षामा सम्मिलित हुने शिक्षकहरुको अन्तरवार्ता शिक्षा विकास तथा समन्वय इकाइ, सुर्खेतमा हुनेछ ।
मिति २०७५/०९/१८ गते विहान ८ः०० वजेदेखि र दिउँसो १ः०० वजेदेखि
आयोगले परीक्षाको नतिजामा चित्त नबुझ्ने शिक्षकहरुलाई पुनर्योगका लागि पुस १ गतेसम्म आयोगको सानोठिमीस्थित कार्यालयमा प्रवेशपत्रको प्रतिलिपी र २५० तिरेर निवेदन दिन पनि अनुरोध गरेको छ ।