Prakash Adhikari July 27, 2026

 

इस्लामावाद(पाकिस्तान), ११ साउन । इस्लामाबादको लियाकत जिम्न्यासियममा भएको लिग चरणको आफ्नो अन्तिम खेलमा नेपाल उज्वेकिस्तानसँग सोझो तीन सेटमा पराजित भएको हो ।

नेपाल विरुद्ध उज्वेकिस्तानले २६–२४, २५–२० र २५–२२ को जित निकाल्यो । यो हारसंगै नेपालको सेमिफाइनल प्रवेशको कमजोर सम्भावना पनि समाप्त भएको छ ।

नेपालले प्रतियोगितामा पाँच खेलबाट तीन अंक मात्र बटुलेको छ । अंक तालिकाको पुछारमा रहेको छ ।

नेपाल यसअघि पाकिस्तान, बंगलादेश, श्रीलंका र काजाकिस्तानसँग पनि पराजित रहेको थियो ।

कुल छ टिमको सहभागिता रहेको प्रतियोगिता शीर्ष चार टिमले सेमिफाइनलमा प्रवेश पाउने छन्।

Share Now