एकान्तकुना(ललितपुर), २ फागुन । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल पानीजहाज कार्यालयको उद्घाटन गर्नुभएको छ ।
बिहीबार बिहान आयोजित एक समारोहका बीच प्रधानमन्त्री ओलीले एकान्तकुनामा स्थापना गरिएको कार्यालय उद्घाटन गर्नुभएको हो ।
कार्यक्रममा बोल्दै भौतिक योजना तथा पूर्वाधार मन्त्री रघुवीर महासेठले प्रधानमन्त्रीको निर्देशनमा कार्यालय स्थापना गरिएको र छिट्टै राष्ट्रिय झण्डा राखेर पानी जहाज कुदाउने बताउनुभयो ।
सडक र हवाईभन्दा जलमार्गबाट सामान ढुवानी गर्न वातावरणीय दृष्टिले उपयुक्त हुने भन्दै उहाँले नेपाल जस्तो भुपरिवेष्टित राष्ट्रका लागि यो गौरवको कुरा भएको बताउनुभयो ।
प्रधानमन्त्री ओलीले गत वर्ष फागुनमा भारत भ्रमणबाट फर्किएलगत्तै यातायात र उद्योग मन्त्रालयका अधिकारीसँग पानीजहाज सञ्चालनबारे छलफल गनुभएको थियो ।
महत्वाकांक्षी मानिएको पानी जहाज चलाउने योजनालाई सफल बनाउन सरकारले छिमेकी मुलुक भारतसँग गत साउन महिनामा पहिलोपटक छलफल गरेको थियो ।
भारतको अन्तरदेशीय जलमार्गसँग नेपालको जलमार्गलाई जोड्ने गरी हाल गृहकार्य भइरहेको छ । भारतको अन्तरदेशीय जलमार्ग प्राधिकरणले गंगा नदीको हल्दीपुरसम्म पानीजहाज चलाउन पूर्वाधार बनाउने काम सुरु गरिसकेको छ । हल्दीपुर नेपालको सीमाबाट करिब २७५ किलोमिटर टाढा पर्दछ ।
नेपालले पनि नारायणी नदीमा केन्द्रित भएर पानी जहाज चलाउने योजना बनाइरहेको छ । त्यसको स्थलगत र सम्भाव्यता अध्ययन गर्न भारतको जल प्राधिकरणका अधिकारीहरु यही फागुन १९ गते नेपाल आउने तयारीमा छन् ।
नेपालमा पानीजहाज चलाउने जलमार्ग विकसित नगरिकन पानीजहाज कार्यालयको स्थापना गरिएको यो पहिलो पटक होइन् । नेपाली पानी जहाज सञ्चालनको उद्देश्य राखेर पञ्चायतकालमा नेपाल सिपिड. कम्पनी दर्ता भएको थियो । पूर्व राजा ज्ञानेन्द्रे आफ्नो स्वामित्वमा जहाजै किनेर सञ्चालन गरेको इतिहास पनि छ ।

हाल ग्लोबल आईएमई बैंक रहेको कान्तिपथको जग्गा नेपाल सिपिड. कम्पनीको नाममा रहेको पछि बिक्री गरिएको बताइन्छ ।
यस्तो छ कानुन :
१. संक्षिप्त नाम, विस्तार र प्रारम्भ : (१) यस ऐनको नाम “नेपाली पानी जहाज (प्रमाण–पत्र र
रोजनामचा) ऐन, २०२७” रहेकोछ ।
(२) यो ऐन नेपाल भर लागू हुनेछ र जहाँसुकै रहेको भए तापनि पानी
जहाज दर्ता ऐन, २०२७ बमोजिम दर्ता गरिएको र दर्ता गर्नुपर्ने पानी जहाज र सो पानी जहाजका
धनी, नाविक र कर्मचारीहरुलाई समेत लागू हुनेछ ।
(३) यो ऐन तुरुन्त प्रारम्भ हुनेछ ।
२. परिभाषा : विषय वा प्रसङ्गले अर्को अर्थ नलागेमा यस ऐनमा,–
(क) “नेपाल पानी जहाज कार्यालय” भन्नाले पानी जहाज दर्ता ऐन, २०२७ अन्तर्गत
स्थापित नेपाल पानी जहाज कार्यालयलाई सम्झनु पर्छ ।
(ख) “पानी जहाज” भन्नाले कम्तीमा १० ग्रस रजिष्टर टन भारवहन क्षमता भएको
समुद्रयात्रा गर्ने जलयान (भेसल) लाई सम्झनु पर्छ ।
(ग) “यात्रुवाहक पानी जहाज” भन्नाले १२ भन्दा बढी संख्यामा यात्रु ओसार्न अधिकार
प्राप्त पानी जहाजलाई सम्झनु पर्छ ।
(घ) “मालवाहक पानी जहाज” भन्नाले यात्रुवाहक पानी जहाज बाहेक अरु सबै पानी
जहाजलाई सम्झनु पर्छ ।
(ङ) “टेङ्कर” भन्नाले ठूलो परिमाणमा तरल माल ढुवानी गर्नको लागि निर्मित वा
परिवर्तित मालबाहक पानी जहाजलाई सम्झनु पर्छ ।
(च) “तोकिएको” वा “तोकिएबमोजिम” भन्नाले यस ऐन अन्तर्गत बनेको नियममा
तोकिएको वा तोकिएबमोजिम सम्झनु पर्छ ।
३. प्रमाणपत्र र रोजनामचा : (१) प्रत्येक नेपाली पानी जहाजले यो ऐन बमोजिमका प्रमाणपत्र र
रोजनामचाहरु राख्नु पर्छ ।
(२) त्यस्ता प्रमाणपत्र र रोजनामचाहरुले सो पानी जहाजको परिचय, समुद्रयात्रा गर्ने
क्षमता र समुद्रयात्रा गर्ने पानी जहाजमा हुनुपर्ने अरु आवश्यकता पूरा भएको प्रमाणित गर्नेछन्।
(३) त्यस्ता प्रमाणपत्र र रोजनामचाहरुको भाषा नेपाली हुनेछ ।
तर नेपाली भाषाको साथै दोश्रो भाषाको रुपमा अंग्रेजी भाषा पनि प्रयोग गर्न सकिनेछ ।
(४) त्यस्तो प्रमाणपत्र र रोजनामचाहरु संधै सो पानी जहाजमा नै राखिनु पर्छ र अधिकार
प्राप्त कुनै पानी जहाज कार्यालयको अधिकृत वा नेपाली कूटनैतिक वा वाणिज्य
प्रतिनिधिबाट चाहिएको बखत पेश गर्नु पर्छ ।
परिच्छेद– २ पानी जहाजका लिखतहरु
नेपाल पानी जहाज (प्रमाणपत्र र रोजनामचा) ऐन, २०२७
४. दर्ताको प्रमाणपत्र : प्रत्येक नेपाली पानी जहाजले पानी जहाज दर्ता ऐन, २०२७ बमोजिम प्राप्त
दर्ताको प्रमाणपत्र साथमा राख्नु पर्छ । त्यस्तो प्रमाणपत्रले सो पानी जहाजको राष्ट्रियता,
लगाइएको काम र नौपरिवहनको श्रेणी प्रमाणित गर्नेछ र त्यसमा पानी जहाजको स्वामित्व र सो
पानी जहाजलाई लगाइएको दायित्व (चार्जेज) र प्रतिबन्धहरु (रेष्ट्रिक्शन्स) अभिलिखित हुनेछ ।
५. राष्ट्रियताको अस्थायी प्रमाणपत्र : पानी जहाज दर्ता ऐन, २०२७ बमोजिम दर्ता भै नसकेको नयाँ
खरीद भएको वा दर्ताको प्रमाणपत्र हराएको वा क्षतिग्रस्त भएको पानी जहाजले सो ऐनबमोजिम
प्राप्त राष्ट्रियताको अस्थायी प्रमाणपत्र साथमा राख्नु पर्छ ।
६. नाविक सूची : (१) प्रत्येक नेपाली पानी जहाजले तोकिएबमोजिमको नाविक सूची राख्नु पर्छ ।
त्यस्तो सूचीमा सो पानी जहाजका नाविकहरुको नाम, उमेर, नियुक्तिको हैसियत, योग्यता र
नागरिकता उल्लिखित हुनेछ ।
(२) त्यस्तो सूचीमा नौपरिवहनको सुरक्षाको आवश्यकता पूरा गर्न आवश्यक न्यूनतम
नाविक संख्या र त्यसको गठन पनि उल्लिखित हुनेछ ।
७. सुरक्षाको प्रमाणपत्र : नेपाल सरकारले पत्याएको अधिकार प्राप्त वर्गीकरण संस्था (क्लासिफिकेशन
सोसाइटी) द्वारा समुद्रमा जीवनको सुरक्षा सम्बन्धी अन्तर्राष्ट्रिय सन्धी (इण्टरनेशनल कन्भेशन फर
दि सेफटी अफ लाइफ एट सि) १९६० को व्यवस्था अनुसार कुनै नेपाली पानी जहाजको
समुद्रयात्रा गर्ने क्षमता प्रमाणित भएपछि देहायका पानी जहाजलाई देहायका सुरक्षाका
प्रमाणपत्रहरु तोकिएको दस्तुर लिई नेपाल पानी जहाज कार्यालयका नौपरिवहन निरीक्षकद्वारा
प्रदान गरिनेछ र त्यस्ता प्रमाणपत्रहरुका ढाँचा तोकिएबमोजिम हुनेछ ः–
(१) यात्रुवाहक पानी जहाजलाई– यात्रुवाहक पानी जहाजको सुरक्षाको प्रमाणपत्र ।
(२) मालवाहक पानी जहाजलाई–
(क) ५०० टन वा सो भन्दा बढी ग्रस टनेज भएकालाई मालवाहक पानी जहाजको
निर्माणको (कन्स्ट्रक्शन) सुरक्षाको प्रमाणपत्र ।
(ख) ५०० टन वा सो भन्दा बढी ग्रस टनेज भएकालाई मालवाहक पानी जहाजको
उपकरणको सुरक्षाको प्रमाणपत्र ।
(ग) १६०० टन वा सो भन्दा बढी ग्रस टनेज भएकालाई मालवाहक पानी जहाजको
रेडियो टेलिगे्रफीको सुरक्षाको प्रमाण–पत्र ।
(घ) ३०० टन भन्दा बढी तर १६०० टनभन्दा घटी ग्रस टनेज भएका र रेडियो
टेलिग्राफ स्टेशन जडान नभएकालाई मालवाहक पानी जहाजको रेडियो
टेलिफोनीको सुरक्षाको प्रमाण–पत्र ।
(३) खण्ड (१) र (२) मा उल्लेख भएका सबै पानी जहाजलाई समुद्रयात्रा गर्ने क्षमताको सि
आर्दिनेस प्रमाण–पत्र ।
(४) १५० टन वा सो भन्दा बढी ग्रस टनेज भएको यात्रुवाहक वा मालवाहक पानी जहाजलाई
अन्तर्राष्ट्रिय भार रेखा (लोड लाइन) को प्रमाणपत्र ।
(५) असाधारण अवस्था परी कुनै पानी जहाजलाई समुद्रयात्रा गर्नु परेमा त्यस्ता पानी
जहाजलाई सो पानी जहाजमा समुद्रमा जीवनको सुरक्षा सम्बन्धी अन्तरराष्ट्रिय सन्धी (
इण्टरनेशनल कन्भेन्सन फर दि सेफटी अफ लाइफ एट सी) १९६० मा केही
आवश्यकताहरु पूरा नभएको भए तापनि एक पटक समुद्रयात्रा गर्नलाई सम्म सुरक्षा
पर्याप्त छ भन्ने छूटको प्रमाण–पत्र ।
८. टनेजको प्रमाण–पत्र : (१) प्रत्येक नेपाली पानी जहाजले तोकिएबमोजिमको टनेजको प्रमाणपत्र
प्राप्त गर्नुपर्छ । त्यस्तो प्रमाण–पत्रले सो पानी जहाजको ग्रस र नेट टनेज प्रमाणित गर्नेछ ।
(२) त्यस्तो प्रमाण–पत्र तोकिएको दस्तूर लिई नेपाली पानी जहाज कार्यालयको नौपरिवहन
निरीक्षकद्वारा प्रदान गरिनेछ ।
९. मूसा निर्मूलनको प्रमाण–पत्र : (१) मूसा पीडित पानी जहाजले मूसा निर्मूलन सन्तोष जनकरुपले
पूरा गरेको प्रमाणको लागि तोकिएबमोजिमका मूसा निर्मूलनको प्रमाण–पत्र प्राप्त गर्नुपर्छ ।
(२) कुनै पानी जहाज मूसा पीडित नभए वा मूसा पीडित भएको शंड्ढा गरिएको नभए वा
मूसाको संख्या नगन्य हुने स्थितिमा स्थायीरुपले राखिएको भए सो पानी जहाज मूसा पीडित छैन
भन्ने कुराको प्रमाण–पत्र र त्यस्तो पानी जहाजलाई कुनै खास अवधिसम्म मूसा निर्मूलन गर्नबाट
छुट पाएको छ भन्ने कुराको प्रमाण–पत्र समेत प्राप्त गर्नुपर्छ ।
(३) नेपाली पानी जहाज अडिने जुनसुकै बन्दरगाहको स्वास्थ्य अधिकारीले प्रदान गरेको
मूसा निर्मूलनको प्रमाण–पत्र वा मूसा निर्मूलनबाट छूटको प्रमाण–पत्र मान्य हुनेछ ।
१०. प्रमाणहरुको अवधि : (१) दफा ७ को खण्ड (१), र (२) र (३) बमोजिमको प्रमाण–पत्रहरुको म्याद
१ वर्षको हुनेछ र सो म्याद बढीमा १२० दिनको लागि थप गर्न सकिनेछ ।
तर, समुद्रयात्रा गर्ने क्षमताको (सि ओर्दिनेश) प्रमाण–पत्रका हकमा भने त्यस्तो म्याद
बढीमा १५० दिनको लागि थप गर्न सकिनेछ ।
(२) कुनै पानी जहाज क्षतिग्रस्त भई त्यसको समुद्रयात्रा गर्ने क्षमता प्रतिकूल असर परेमा
सो पानी जहाजलाई दफा ७ बमोजिम प्राप्त सबै प्रमाणपत्र अमान्य हुनेछ ।
(३) अन्तर्राष्ट्रिय भार रेखा (लोड लाईन) को प्रमाण–पत्र सो प्रमाण–पत्रमा तोकिएको म्याद
भुक्तान भएपछि अमान्य हुनेछ ।
तर, त्यस्तो म्याद तोक्दा जारी भएको मितिदेखि ५ वर्षभन्दा बढी अवधिको लािग तोकिने
छैन ।
(४) छूटको प्रमाण–पत्र जारी भएको अवधिभन्दा बढीको लागि मान्य हुनेछैन ।
११. पानी जहाजको रोजनामचा : (१) ५० टन वा सो भन्दा बढी ग्रस टनेज भएको समुद्र यात्रा गर्ने र
जतिसुकै टनेज भएको भए पनि १५० अश्व शक्ति (हर्स पावर) भन्दा बढी चालन शक्ति (मोटिभ
पावर) भएको नेपाली पानी जहाजले तोकिएबमोजिमको पानी जहाजको रोजनामचा राख्नु पर्छ ।
(२) त्यस्तो रोजनामचा नौपरिवहन, सो पानी जहाजमा हुने काम, नाविकहरु, यात्रुहरू,
मौसम सम्बन्धी अवलोकन, समुद्रमा भएका ठूलो दुर्घटना र विपत्तिहरुका विवरण र पानी जहाज
कार्यालयका अधिकारीहरु, पानी जहाजका धनीहरु, पानी जहाजबाट माल पठाउने वा पठाउनेहरू,
विमकहरु, अण्डरराइटरहरू र सम्बन्धित सबै व्यक्तिहरुलाई चाख लाउने घटनाहरुका विवरण
लेखिनेछ ।
१२. ईञ्जिनको रोजनामचा : (१) ५० टन वा सो भन्दा बढी ग्रस टनेज भएको र १५० हर्स पावर वा
सो भन्दा बढी चालन शक्ति (मोटिभ पावर) भएको समुद्रयात्रा गर्ने प्रत्येक नेपाली पानी जहाजले
तोकिएबमोजिमको ईञ्जिनको रोजनामचा राख्नु पर्छ ।
(२) त्यस्तो रोजनामचा पानी जहाजमा जडान
त्यसको विवरण र पानी जहाजमा आरोग्यता सम्बन्धमा अपनाएका उपाय सम्बन्धी विवरण
लेखिनेछ ।
(३) त्यस्तो रोजनामचामा पानी जहाजको मास्टर (प्रमुख अधिकारी) ले हस्ताक्षर गर्नुपर्छ र
पानी जहाज अडिने कुनै बन्दरगाहको स्वास्थ्य अधिकारीले वा ……नेपाली कूटनैतिक वा
बाणिज्य प्रतिनिधिले हेर्न चाहेको बखत देखाउनु पर्छ ।
१४. रेडियोको रोजनामचा : (१) रेडियो टेलिग्राफको उपकरण जडान भएको प्रत्येक नेपाली पानी
जहाजले तोकिएबमोजिमको रेडियोको रोजनामचा राख्नु पर्छ । त्यस्तो रोजनामचा यात्राको बखत
रेडियो टेलिग्राफ सञ्चालन गर्ने कोठामा राखिनेछ ।
(२) त्यस्तो रोजनामचामा रेडियो अधिकृतले आफनो नाम, रेडियो चालू वा बन्द गरेको
समय, समुद्रमा जीवनको सुरक्षाको लागि महत्वपूर्ण लागेको रेडियो सेवा सम्बन्धित सबै घटनाहरु
लेख्नेछन्।
१५. कार्गो बूक : ५०० टन वा सो भन्दा बढी ग्रस टनेज भएको वा माल ढुवानी गर्ने प्रत्येक नेपाली
पानी जहाजले तोकिएबमोजिमको कार्गो बूक राख्नु पर्छ । त्यस्तो कार्गो बूकमा सो पानी जहाजमा
लादिएको माल सम्बन्धी विवरण खासगरी मालको किसिम र परिमाण सम्बन्धी विवरण र कहाँ
कसरी लादिएको भन्ने कुरा समेत लेखिनेछ ।
१६. प्रमाण–पत्र र रोजनामचाहरु फिर्ता गर्ने : (१) कुनै नेपाली पानी जहाजको दर्ता बदर भएमा
त्यसको सबै प्रमाण–पत्र र रोजनामचाहरु नेपाल पानी जहाज कार्यालयमा दाखिल गर्नु पर्छ ।
तर, विदेशमा हस्तान्तरण भएका पानी जहाजका हकमा त्यस्तो प्रमाण–पत्र र
रोजनामचाहरु दाखिल गर्नु पर्दैन ।
(२) समुद्रयात्रा गर्ने कुनै नेपाली पानी जहाजको कुनै रोजनामचा पूरा उपयोग गरी
सकिएपछि १ वर्षसम्म सो पानी जहाजमा नै राखी त्यसपछि नेपाल पानी जहाज कार्यालयमा
दाखिल गरिनेछ ।
(३) यस दफाबमोजिम प्राप्त भएका पानी जहाजका प्रमाण–पत्र र रोजनामचाहरु नेपाल
पानी जहाज कार्यालयले प्राप्त भएको मितिले १० वर्षसम्म सुरक्षित राख्नेछ ।
परिच्छेद– ३ विविध
१७. दण्ड सजाय : (१) यो ऐनबमोजिम प्रमाण–पत्र र रोजनामचा नभएको कुनै पानी जहाजलाई
नौपरिवहन गर्न अनुमति दिने व्यक्ति वा संगठित संस्थालाई रु. ८,०००/– सम्म जरिवाना हुनेछ ।
(२) यो ऐनबमोजिम रोजनामचा नभएको कुनै नेपाली पानी जहाज समुद्रयात्रामा लगिएमा
वा प्रमाणपत्रहरुको म्याद नाघेका पानी जहाज नौपरिवहनको लागि काममा लगाईएमा त्यसरी
समुद्रयात्रामा लग्ने वा काममा लगाउने व्यक्ति वा संगठित संस्थालाई रु. १५००/– सम्म
जरिवाना हुनेछ ।
(३) देहायका अवस्थामा कुनै पानी जहाजको माष्टर (प्रमुख अधिकारी) लाई रु. १०००।–
सम्म जरिवाना हुनेछ ।
(क) पानी जहाजमा यो ऐनबमोजिम राख्नु पर्ने कुनै लिखत नराखेमा ।
(ख) रोजनामचाहरु उचित ढङ्गले नराखेमा ।
(ग) अधिकार प्राप्त अधिकारीबाट चाहिएको बखत पानी जहाजका प्रमाणपत्र र
रोजनामचाहरु पेश नगरेमा ।
(घ) दर्ता बदर भएका पानी जहाजको प्रमाण–पत्र र रोजनामचाहरु नेपाल
पानी जहाज कार्यालयमा दाखिल नगरेमा, वा
(ङ) पूरा उपयोग गरिसकिएको रोजनामचाहरु दफा १६ को उपदफा (२) मा
तोकिएको म्यादसम्म पानी जहाजमा नराखेमा ।
(४) यो ऐन बमोजिम गर्नु पर्ने काम कारवाई नगर्ने नाविकलाई रु. ५००।– सम्म
जरिवाना हुनेछ ।
१८. मुद्दा हेर्ने : (१) यो ऐनबमोजिम दण्ड सजाय हुने कुनै कसूर सम्बन्धी मुद्दाको शुरु कारवाई र
किनारा गर्ने अधिकार नेपाल पानी जहाज कार्यालयको रजिष्ट्रारलाई हुनेछ ।
(२) उपदफा (१) बमोजिम कारवाई र किनारा गर्दा रजिष्ट्रारले प्रचलित नेपाल
कानूनबमोजिम जिल्ला अदालतलाई प्राप्त सबै अधिकार प्रयोग गर्नेछ र सो अदालतको कार्यविधि
अपनाउनेछ ।
(३) रजिष्ट्रारले आवश्यक सम्झेमा आफैं वा अन्य अधिकृत खटाई नेपाल
बाहिर पनि आवश्यक जाँचबुझ गर्न सक्नेछ ।
(४) उप–दफा (१) बमोजिम रजिष्ट्रारले गरेको निर्णय उपर चित्त नबुझ्नेले ३५ दिन भित्र
जिल्ला अदालतमा पुनरावेदन गर्न सक्नेछ ।
१९. नियम बनाउने अधिकार : यस ऐनको उद्देश्य कार्यान्वित गर्न नेपाल सरकारले नियमहरु बनाउन
सक्नेछ र सो नियमहरु नेपाल राजपत्रमा प्रकाशित भएपछि लागू भएको मानिनेछ