लाहन(सिरहा), ४ चैत्र । डा. सी.के राउतले नेतृत्व गरेको स्वतन्त्र मधेश गठबन्धनको सिरहामा सम्पन्न पार्टीको राष्ट्रिय परिषद् बैठकले पार्टीको नाम फेरेर जनमत पार्टी राख्ने निर्णय गरेको छ ।
परिषद्को बैठकले पार्टीको अध्यक्षमा डा. सी.के.राउतलाई चयन गरेको छ । परिषद्ले पार्टीको केन्द्रीय कमिटी ३५ सदस्यीय बनाउने पार्टीको झण्डा रातो, सेतो र हरियो रङको ठाडो धर्काको बीचमा बीचको सेतो धर्कोमा रातो रङको अष्टदल रहने निर्णय गरिएको छ ।
पार्टीले चुनाव चिन्ह ‘अष्टदल’ राखेर निर्वाचन आयोगमा दल दर्ताको निवेदन दिने निर्णय गरेको छ ।
फागुन २३ गते सरकारसँग ११ बुँदे समझदारी भएपछि सीके राउत मूलधारको राजनीतिमा आएका थिए ।