Prakash Adhikari September 4, 2019

 

हड.कड.,(चीन),१८ भाद्र(बीबीसी) । हङ्‌कङकी प्रमुख कार्यकारी क्यारी लामले त्यहाँ महिनौँदेखिको विरोध प्रदर्शनहरूको कारक बनेको सुपुर्दगी सम्बन्धी एक विधेयकलाई फिर्ता लिने बताएकी छन्।

गत एप्रिल महिनामा ल्याइएको उक्त विधेयकमा संदिग्ध अपराधीहरूलाई चीनमा सुपुर्दगी गर्न मिल्ने व्यवस्था प्रस्ताव गरिएको थियो।

गत जुन महिनामा प्रमुख कार्यकारी लामले त्यसलाई ‘मृत’ भनेपछि उक्त विधेयक निलम्बित भएको थियो तर उनले त्यसलाई फिर्ता नै भने लिएकी थिइनन्।

उक्त विधेयकलाई पूर्ण रूपमा फिर्ता लिइनु पर्छ भन्ने कुरा पूर्ण प्रजातान्त्रिक अधिकारहरूको माग गरिरहेका विरोध प्रदर्शनकारीहरूले राखेका प्रमुख पाँच मागहरूमा पर्दछ।

दोष


सोमवार प्रमुख कार्यकारी लामले हङ्‌कङको राजनीतिक सङ्कट आफ्नै कारणले गर्दा चर्किएको भन्दै आफैलाई दोष दिँदै गरेको अडिओ रेकर्ड सार्वजनिक भएको थियो।

उनले त्यस्तो भद्रगोल सिर्जना हुन गएको काम अक्षम्य भएको पनि बताएकी थिइन्।

गत एप्रिलमा ल्याइएको सुपुर्दगी सम्बन्धी विधेयकको तुरुन्तै आलोचना भएको थियो।

विपक्षीहरू भन्छन् त्यसबाट हङ्‌कङको कानुनी स्वतन्त्रमा अवरोध उत्पन्न हुनेछ र त्यसको प्रयोग बेइजिंगका आलोचकहरूलाई चुप लगाउन वा तर्साउनका लागि गर्न सकिनेछ।

Share Now

Leave a comment.