Prakash Adhikari September 29, 2019

 

काठमाडौं,१२ असोज । नेपालको सबैभन्दा पुरानो र व्यापक सञ्जाल भएको क वर्गको बाणिज्य बैंक नेपाल बैंकको प्रमुख कार्यकारी अधिकृत पदमा कृष्णबहादुर अधिकारी नियुक्त हुनुभएको छ ।

नेपाल बैंक लिमिटेडको शनिवार बसेको सञ्चालक समितिको बैठकले बैंकमा कामु प्रमुख कार्यकारी अधिकृत रहेका अधिकारीलाई प्रमुख कार्यकारी अधिकृत पदमा नियुक्त गरेको हो ।उहाँको कार्यकाल ४ वर्षको रहेको छ ।

नेपाल बैंकबाट आफ्नो बैंकिड. क्षेत्रको वृत्ति विकास गर्नुभएका नवनियुक्त कार्यकारी अधिकृत अधिकारीले देवेन्द्रपताप शाह प्रमुख कार्यकारी अधिकृत पदबाट अवकास पाएपछि कामु प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी सम्हाल्नुभएको थियो ।

त्रिभुवन विश्वविद्यालयबाट एमबिए गर्नुभएका कार्यकारी अधिकृत अधिकारीले पूर्वाञ्चल विश्वविद्यालयबाट इएमबिए गर्नुभएको छ।

बैंकको सिइओका लागि १४ जनाले आवेदन दिएका थिए । अन्तिम छनौटमा भने ४ जना परेका थिए।

Share Now

Leave a comment.