काठमाडांै, १२ चैत्र । क श्रेणीको बाणिज्य बैंक माछापुछ्रे बैकको प्रमुख कार्यकारी अधिकृत (सीइओ)मा सन्तोष कोइराला नियुक्त हुनुभएको छ।
सोमबार बसेको संचालक समितिको बैठकले कामु सीइओ कोइरालालाई सीइओ नियुक्त गर्ने निर्णय गरेको हो ।
संचालक समितिको बैठकले बैशाख १ गतेदेखि लागू हुने गरी कोइरालालाई सीइओमा नियुक्त गरेको हो ।
तात्कालीन सीइओ सुमन शर्माले राजीनामा दिएपछि कोइराला कायम मुकायम सीइओको जिम्मेवारी सम्हाल्नुभएको थियो।
निरन्तर दुई दशक भन्दाबढी बैंकिङ क्षेत्रको अनुभव संगाल्नुभएका सिइओ कोइरालाको कार्यकालमा बैंकले राम्रो प्रगति हुने विश्वास लिएको छ ।


















