Prakash Adhikari April 4, 2020

 

काठमाडौं, २२ चैत्र । कोरोना भाइरस (कोभिड १९) को संक्रमण रोक्न नेपाल सरकारले ‘लकडाउन’ गरेपछि बेरोजगार भएका नेपाली नेपाली फिल्मका प्राविधिकहरुको सहयोगका लागि नेपाली चलचित्रका नायक पल शाहले ५ लाख सहयोग गर्नुभएको छ ।

 

कोरोनाको त्रासले फिल्महरुको प्रदर्शन फागुनदेखि नै प्रभावित थियो भने  ‘लकडाउन’ पछि फिल्मको छायांकन पनि रोकिएको छ । यसले फिल्मका विभिन्न क्षेत्रमा काम गरेर परिवार पाल्ने प्राविधिकहरुलाई आर्थिक संकट परेको छ ।

 

फिल्म प्राविधिकहरुलाई परेको यो  समस्या  समाधान गर्न  नेपाल चलचित्र प्राविधिक संघले फिल्मकर्मीसँग सहयोगको अपिल गरेको थियो । संघको अपिलको कदर गर्दै नेपाली चलचित्र जगतका लोकप्रिय अभिनेता पल शाहले पनि सामाजिक सञ्जालको माध्यमबाट सहयोग रकम घोषणा गर्नुभएको हो ।

 

फेसुबकमा स्टाटस लेख्दै अभिनेता शाहले विपन्न तथा आर्थिक अवस्था कमजोर भएका प्राविधिकहरुलाई आफ्नो व्यक्तिगत तर्फबाट ५ लाख सहयोग गर्न लागेको जानकारी गराउनुभएको छ ।

https://www.facebook.com/PaulShahFans/posts/2056714164474994

‘विपन्न तथा आर्थिक अवस्था कमजोर भएका चलचित्र प्राविधिक तथा अन्य सहयोगीहरूको जनजीवनलाई सहज बनाउनको लागि आर्थिक सहयोग गर्ने घोषणा गर्दछु,’ पलको फेसबुक स्टाटसमा उल्लेख छ  ।

 

 

 

यो सहयोग वितरण कार्यमा उहाँले चलचित्र प्राविधिक संघसँग सहयोगको अपेक्षा राख्नुभएको छ ।  उहाँलेआर्थिक अवस्था कमजोर भएका सिनेकर्मीहरुको सहयोगमा आफू सदैव तयार रहेको पनि उहाँले बताउनुभएको छ  ।

 

यस अगाडि सिने प्राविधिकहरुका लागि चर्चित कलाकार दीपक गिरीको नेतृत्वमा छक्का पञ्जा टीमले १ लाख  १० हजार रुपैयाको सहयोग दिने घोषणा गरेको थियो ।

Share Now

Leave a comment.