काठमाडौं, ३२ साउन । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी(नेकपा)को सचिवालय बैठक सोमबार बिहान बस्ने भएको छ ।
पार्टीभित्रको विवाद समाधानको लागि गठन भएको कार्यदल अनुमोदन गराउन नेकपाको सचिवालय बैठक बस्न लागेको बताइएको छ ।
बैठक बिहान ९ः३० बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने छ ।
पाटृिभित्र जारी विवादको समाधान सुझाउन अध्यक्ष द्धय प्रधानमन्त्री के..पी. शर्मा ओली र पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आपसी सहमतिमा शुक्रबार ६ सदस्यीय कार्यदल बनाउनुभएको थियो ।
महासचिव विष्णु पौडेलको संयोजकत्वमा गठित उक्त ६ सदस्यीय कार्यदल पार्टीका कुनै पनि निकायबाट अनुमोदन नभएको विवाद उठेपछि त्यसलाई अनुमोदन गर्न र कार्यादेश दिनका लागि सोमबारको बैठक बोलाईको बताएको छ ।
शनिबार पार्टीका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड निवासमा भएको छलफलमा माधवकुमार नेपाल र झलनाथ खनाल लगायतका नेताले असन्तुष्टि जनाउनुभएको थियो ।


















