Prakash Adhikari April 26, 2022

नताली शर्मन र ड्यानिअल थोमस / व्यापार संवाददाता

न्यूयोर्क(संयुक्त राज्य अमेरिका), १३ बैशाख(बीबीसी) । सामाजिक ट्विटरको सञ्चालक समिति (बोर्ड) ४४ अर्ब डलरमा उक्त कम्पनी अधिग्रहण गर्ने अर्बपति इलोन मस्कको प्रस्तावमा सहमत भएको छ।

मस्कले दुई साताभन्दा कम समयअघि सबैलाई चकित पार्दै ट्विटरको बोली लगाएका थिए।

उनले त्यसबेला ट्विटरमा व्यापक सम्भावना रहेको र ती सम्भावनाका ढोकालाई आफूले खोल्ने बताएका थिए।

उनले नक्कली खाताहरूलाई हटाउने तथा उसका सामग्रीमाथिका प्रतिबन्धहरूलाई खुकुलो पार्नेसम्मका धेरै परिवर्तनहरूका लागि पनि आह्वान गरेका थिए।

कम्पनीले सुरुमा मस्कले लगाएको बोलीलाई अस्वीकार गरेको थियो।

तर अब उसले शेअरधनीहरूलाई सम्झौता अनुमोदनका लागि मतदान गर्न आग्रह गर्नेछ।

विश्वकै धनी
फोर्ब्स पत्रिकाका अनुसार मस्क विश्वका सबैभन्दा धनी व्यक्ति हुनुहुन्छ।

उहाँको अनुमानित सम्पत्ति २७३.६ अर्ब डलर रहेको छ।

उहाँ विद्युतीय सवारीसाधन निर्माता टेस्ला कम्पनीको मुख्य शेअरधनी हुनुहुन्छ भने अन्तरिक्षसम्बन्धी कम्पनी स्पेसएक्सको पनि उहाँले नै नेतृत्व गर्नुहुन्छ।

उक्त सम्झौताको घोषणा गर्दै मस्कले भन्नुभएको छ, ूअभिव्यक्ति स्वतन्त्रता कार्यात्मक लोकतन्त्रको आधार हो र ट्विटर एउटा डिजिटल सहरको चोक हो, जहाँ मानवताको भविष्यका लागि महत्त्वपूर्ण कुराहरूको बहस गरिन्छ।ू

ूनयाँ सुविधा थप्दै, विश्वास बढाउन अल्गोरिदमहरूलाई खुला गर्दै, स्प्याम बटहरूलाई पराजित गर्दै र सबै मानिसहरूलाई प्रमाणित गर्दै म पनि ट्विटरलाई पहिलाको भन्दा राम्रो बनाउन चाहन्छु,ू उहाँले भन्नुभएको छ।

ूट्विटरमा व्यापक सम्भावना छ( त्यो सम्भावनालाई उजागर गर्न म कम्पनी र प्रयोगकर्ताको समुदायसँग काम गर्न म तत्पर छु।ू

आलोचना
ट्विटरमा देखापर्ने सामग्रीलाई लिएर राजनीतिज्ञ र नियमनकर्ताहरूको दबाव परिरहेका बेला यस्तो निर्णय सार्वजनिक भएको हो।

ट्विटरमा गलत सूचना फैलिने क्रमलाई रोक्न नसकेको भन्दै दक्षिणपन्थीदेखि वामपन्थीसम्मले उसको आलोचना गर्ने गरेका छन्।

गत वर्ष भूतपूर्व अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पमाथि ट्विटरले हिंसाका लागि उत्तेजना फैलाएको भन्दै प्रतिबन्ध लगाएको थियो।

सम्भवतः त्यो नै सबैभन्दा शक्तिशाली प्रयोगकर्तामाथिको प्रतिबन्ध थियो।

मस्कले उक्त कम्पनी लिएको खबरले अमेरिकी दक्षिणपन्थीहरूलाई खुशी बनाएको छ।

यद्यपि सोमवार फक्स न्यूजसँग बोल्दै ट्रम्पले पुनः आफू ट्विटरमा फर्कने मनशाय नरहेको बताउनुभएको थियो।

ह्वाइट हाउसले उक्त किनबेचबारे प्रतिक्रिया दिन अस्वीकार गरेको छ।

यद्यपि प्रवक्ता जेन साकीले संवाददाताहरूलाई लामो समयदेखि राष्ट्रपति ठूला सामाजिक सञ्चाल कम्पनीहरूको शक्तिबारे चिन्तिन रहेको तर ट्विटर कसको स्वामित्वमा रहन्छ भन्ने कुरा गौण भएको बताउनुभयो।

Share Now

Leave a comment.