Prakash Adhikari August 6, 2022

 

काठमाडौँ, २१ श्रावण । शनिबार बिहान ५ बजेर २६ मिनेटमा राजधानी काठमाडौं उपत्यका र आसपासका जिल्लाहरुमा भूकम्पको धक्का महसुस गरिएको छ ।

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले नुवाकोटको बेल्कोटगढीलाई केन्द्रविन्दु बनाएर ५.३ म्याग्निच्युडको भूकम्प गएको हो ।

भूकम्पको धक्का नुवाकोटसहित धादिङ र उपत्यकाका विभिन्न जिल्लामा महसुस गरिएको थियो।
साउन महिनामा राजधानी काठमाडौं उपत्यकामा समेत महसुस हुने गरी तीनपटक भूकम्प गैसेको छ । यसअघि गत साउन १५ गते खोटाङको मार्तिमबिर्तालाई केन्द्रविन्दु बनाएर ६ रेक्टर स्केलको भूकम्प गएको थियो ।

त्यस्तै गत साउन ९ गते ६ बजेर ७ मिनेटमा सिन्धुपाल्चोकको हेलम्बु फुट ट्रेल नजिकै ४.७ म्याग्निच्युडको भूकम्प गएको थियो ।

विज्ञहरूले अहिले गएको भूकम्पन पनि १०७२ सालकै विनाशकारी भूकम्पका पराकम्प भएको जनाएका छन् ।

शनिवारको भूकम्पले पुर्याएको क्षतिको विवरण हालसम्म सार्वजनिक भएको छैन् ।

 

Share Now

Leave a comment.