काठमाडौं, ८ पौष। नेपाली कांग्रेस कर्णाली प्रदेशको संसदीय दलको नेतामा हालका मुख्यमन्त्री जीवनबहादुर शाही सर्वसम्मत चयन हुनुभएको छ ।
कर्णाली प्रदेशमा निर्वाचित प्रदेशसभा सदस्यहरुको शुक्रबार बसेको बैठकले शाहीलाई दलको नेतामा सर्वसम्मत चयन गरेको हो ।
दलको नेतामा दाबी गरिरहनुभएकका राजिवविक्रम शाह प्रस्तावक र जानकी सिंह समर्थक बनेपछि उहाँ सर्वसम्मत दलको नेता चयन हुनुभएको हो ।
उहाँ अहिले पनि कर्णाली प्रदेशको मुख्यमन्त्री हुुनुहुन्छ। शाही हुम्ला प्रदेशसभा (ख) बाट निर्वाचित हुुनुभएको हो ।


















