Prakash Adhikari October 1, 2023

काठमाडौं, १४ असोज । कुमारी बैंकले दशै तथा तिहारलाई लक्षित गर्दै आफ्ना बचत खातावालहरुलाई आकर्षक सुविधा दिने कार्यक्रम सार्वजनिक गरेका छ।

बैंकले कुमारी परिवार सुरक्षा बचत खातामा थप सुविधाका साथ परिवारलाई ‘दशै र तिहार उपहार’ योजना ल्याएको छ।

२६ लाखको बीमा सुविधा अन्तर्गत परिवारका ४ जना सदस्यलाई एक लाख रुपैयाँको मेडिकल बीमा सुविधाका साथै कुमारी परिवार सुरक्षा बचत खातामा २४ लाखसम्मको दुर्घटना बीमा तथा एक लाख रुपैयाँसम्मको घातक रोग बीमा सुरक्षण समावेश गरिएको बैंकले जनाएको छ।

साथै खाता खोलिएको पहिलो वर्षको लागि लकर सुविधामा लकर शुल्कमा १०० प्रतिशत तथा लकर मार्जिनमा ५० प्रतिशत छुट तथा निःशुल्क डेबिटरक्रेडिट कार्ड सुविधा प्रदान गर्ने छ।

यस्तै, बैंकका अन्य बचत खाताहरुमा २० हजार रुपैयाँको मेडिकल बीमा सुविधा प्रदान गर्ने बैंकले जनाएको छ। बैंकले सानिमा जीआईसी इन्स्योरेन्स र सिद्धार्थ प्रिमियर इन्स्योरेन्स कम्पनी लिमिटेडसँग बीमा प्रदायक कम्पनीको रुपमा सहकार्य गर्दै आएको छ।

Share Now

Leave a comment.