Prakash Adhikari April 15, 2025

 

सानेपा(ललितपुर), २ वैशाख । अनिश्चितकालीन आम हड्तालमा उत्रिएका शिक्षक तथा विद्यालय कर्मचारीहरुका माग सम्बोधनका लागि नेपाली कांग्रेसका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा सक्रिय हुनु थाल्नुभएको छ ।

सोमबार पार्टी सभापति शेरबहादुर देउवासँग दुवै जनाले यस विषयमा छलफल गर्नुभएको थियो । सभापतिको सहमति र निर्देशन अनुसार नयाँ बर्षको साँझ उहाँहरुले शिक्षक आन्दोलनका अगुवाहरुसँग पनि सामूहिक छलफल गर्नुभयो । पार्टी केन्द्रीय कार्यालयमा आयोजित छलफलमा शिक्षक महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदी, महामन्त्री तुलाबहादुर थापा लगायत सहभागी हुनुहुन्थ्यो ।

महामन्त्री द्धयले आज संसदको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिमा रहेका कांग्रेसका सांसदहरुसँग छलफल गर्ने योजना छ ।

शिक्षक तथा कर्मचारीहरुले माग गर्दै आएको शिक्षा ऐन सम्बन्धी विधेयक हाल शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिमा छलफलमा छ ।

शिक्षक तथा विद्यालय कर्मचारी मैत्री ऐन संसदबाट वा अध्यादेशबाट जारी नभएसम्म विद्यालय नफर्किने अडानसहित शिक्षकहरुले गत चैत २० गतेदेखि काठमाडौं केन्द्रित आन्दोलन गरिरहेका छन् । उनीहरुको शैक्षिक हड्तालका कारण विद्यालय भर्ना अभियान, एसईईको उत्तरपुस्तिका परीक्षण, वार्षिक परीक्षाको नतिजा प्रकाशन लगायतका काम प्रभावित भएका छन् ।

 

Share Now