Prakash Adhikari August 12, 2018

सानेपा(ललितपुर), २७ साउन । विराटनगर महानगरपालिका मेयर भीम पराजुलीलाई लक्षित गरि आईतबार अपरान्ह भएको बम प्रहारको नेपाली कांग्रेसले निन्दा एवम् भत्र्सना गरेको छ ।

आइतबार अपरान्ह २ बजे विराटनगर महानगर प्रमुख पराजुलीको कार्यकक्ष बाहिर अज्ञात समूहले बम विष्फोट गराएको थियो । विष्फोटबाट एक जना सख्त घाइते भएका छन् भने कार्यालयको सोफा, सिसा, पार्किङमा राखिएको सवारी साधानमा समेत क्षति पुगेको छ ।

नेपाली कांग्रेसले उक्त घटनामा संलग्न अपराधीहरुको तत्काल खोजी गरी कडा भन्दा कडा कार्वाही गर्न र घाइतेको उचित उपचारका गर्न सरकारसँग माग गरेको छ ।

 

नेपाली कांग्रेसले विष्फोटमा परि घाइते भएका नागरिकको शीघ्र स्वास्थ्यलाभको कामना गर्दछ ।

Share Now

Leave a comment.