Prakash Adhikari August 22, 2018

वेष्ट इण्डिज, ६ भदौ । नेपाली युवा बलर सन्दिप लामिछानेले क्यारेवियन प्रिमियर लिगमा उत्कृष्ट बलिङ गर्दै चौथो खेलमा दुई विकेट लिन सफल भए ।

कायरन पोलार्डको कप्तानीमा रहेको सेन्ट लुसिया स्टार्स विरुद्धको खेलमा सन्दिपले २ ओभरमा दुई विकेट लिएका हुन ।

सेन्ट लुइस विरुद्धको आजको खेलमा नवौं ओभरमा मैदानमा उत्रिएका सन्दीपले तेस्रो बलमा डेभिड वार्नरलाई आउट गरे । नवौं ओभरमा एक छक्का सहित आठ रन बनाउन दिएका उनले बाह्रौ ओभरमा मैदानमा उत्रिदा चौथो बलमा क्वासी अहमद   र पाँचौ बलमा वार्नरलाई बीसीजे कटिड.मार्फत रन आउट गराए ।

यो ओभरमा उनले एक छक्का सहित सात रन लिने मौका दिए ।

सेन्ट लुइस स्टारबाट ७० रनको लक्ष्य पाएको सन्दीपको सैन्ट किट्स एण्ड नेभिज प्याटियोर्टले १३ औं ओभरमा तीन विकेटको क्षतिमा पूरा गर्यो । ७ विकेटले सन्दीपको टोली विजयी बन्यो ।

यसअघि उनले एमाजोना विरुद्ध दुई, टी एण्ड टी राइटर्स विरुद्ध एक र तालावाज विरुद्ध दुई विकेट लिएका थिए । उनको टिमले जारी प्रतियोगितामा दोस्रो जित पनि निकालेको छ ।

सीपीएलमा चार खेलमा दुई खेल जितेको सन्दीपको सेन्ट किट्स एण्ड नेभिज प्याटियोट्स चौथो नम्बरमा उक्लेको छ ।

 

Caribbean Premier League

TEAM M W L T N/R PT NRR FOR AGAINST
1Guyana Amazon Warriors 4 3 1 0 0 6 0.948 653/76.3 607/80.0
2Trinbago Knight Riders 5 3 2 0 0 6 0.61 981/99.5 917/99.3
3Jamaica Tallawahs 5 3 2 0 0 6 -0.154 899/99.1 922/100.0
4St Kitts and Nevis Patriots 4 2 2 0 0 4 0.86 550/67.4 556/76.3
5Barbados Tridents 2 1 1 0 0 2 -0.2 373/40.0 381/40.0
6St Lucia Stars 6 1 5 0 0 2 -1.594 915/120.0 988/107.1
Share Now

Leave a comment.