काठमाडौं, १० भदौ । नेपाली कांग्रेसका सभापति एवम् संसदीय दलका नेता एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको हत्यारालाई उन्तुक्ति दिन राज्य नै लागेको आरोप लगाउनु भएको छ ।
प्रतिनिधिसभाको आइतबारको बैठकमा बोल्दै देउवाले महिलामाथि भइरहेका बलात्कार,हत्या र बालबालिकाको अपहरणका घटनाले आफूलाई चिन्तित बनाएको बताउनुभयोृ । उहाँले कञ्चनपुरकी निर्मला पन्त अहिले प्रतिनिधि पात्र भएको उल्लेख गर्दै महिलाहरूमाथि हुने यस्ता घटनालाई नियन्त्रण र निर्मूल पार्न सरकार गम्भीर हुनुपर्ने धारणा राख्नुभयो।
उहाँले सबैलाई राजनीतिक दलभन्दा माथि उठेर हाम्रा छोरी चेलीहरूको मर्यदा, सुरक्षा र सम्मान अभिवृद्धि गर्न आग्रह गर्नुभयो ।कांग्रेस सभापति देउवाले अनुसन्धान प्रक्रियामा भएको ढिलाइ र प्रहरीको सन्देहास्पद व्यवहारको निन्दा गर्दै सोध्नुभयो, राज्य नै दोषीलाई उम्काउन लागे जनताले न्याय खोज्न कहाँ जाने हो ? घटनाको अनुसन्धान प्रक्रियामा भएको ढिलाइले त्यससँग गाँसिएका प्रश्नले प्रश्न उठाएका छन्। हामी कक्तो राज्य बनाउन खोजिरहेका छौँरु दोषीलाई जोगाउन स्वयम् राज्य लाग्दछ, तब निर्दोषले न्याय माग्न कहाँ जाने ? उहाँले अपराधीलाई जोगाउन प्रयत्न गर्नु अपराध भएको बताए। उनले यस विषयमा सरकार गम्भीर बन्नुपर्ने र निर्दोष व्यक्तिलाई अपराधी बनाएर मुद्दा लगाउनु गलत भएको धारणा राख्नुभयो ।
पूर्व प्रधानमन्त्री देउवाले राज्यले संयमता अपनाउन नसक्दा सन्नी खुनाको ज्यान गएको राज्य संयमीत हुन नसक्दा प्रदर्शन बढेको र उग्र भएको बताउनुभयो ।
कांग्रेस सभापति देउवाले स्थानीय तहले बढाएको करले जनताको ढाड सेकेको बताउदै कर तिरेअनुसार सेवा दिन नसक्ने हो भने कर लगाउन नहुने उल्लेख गर्नुभयो ।
उहाँले राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्तीय आयोग अबिलम्ब गठन गर्न पनि माग गर्नुभयो ।
कांग्रे सभापति देउवाले मुलुकी अपराध संहितामा प्रेस स्वतन्त्रतालाई आँच आउने व्यवस्था राखिएकाले त्यसलाई संशोधन गर्नुपर्ने बताउनुभयो । उहाँले प्रधानन्यायाधीश सिफारीस प्रकरणमा दीपकराज जोशीलाई संसदीय सुनुवाइ समितिले अस्वीकृत गरेको दोष प्रधानमन्त्री केपी शर्मा ओलीलाई लगाउदै भन्नुभयो ,’संवैधानिक परिषद्मा आफै प्रधानन्यायाधीशको नाम प्रस्ताव गर्ने र आफै अस्वीकार गर्न लगाउने प्रधानमन्त्रीको कदमले न्यायालयलाई व्यवस्थापिका र कार्यपालिकाको लाचार छायाँ पार्नु निन्दनीय हो।’